पर्यटक प्रभाव पर्ने कुराको खोजी

सम्पादक
श्रावण १७, २०७९

पर्यटन नेपालको प्राथमिकता प्राप्त क्षेत्र हो । यो संघको विकासका लागि स्थानीयदेखि संघ सरकारले पनि विविध कार्यक्रम ल्याउने गरेका छन् । पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारका लागि सरकारले पटक–पटक नेपाल भ्रमण वर्ष घोषणा गर्दै आएको छ । अहिले पनि ‘नेपाल भ्रमण दशक’ मनाउने तयारीमा सरकार छ । भ्रमण दशक मनाउनु राम्रो कुरा हो । तर त्यसको लागि तयारी आवश्यक पर्दछ । विगतका भ्रमण वर्षहरुले कहिले लक्ष्य हासिल गर्न नसकेको तीतो अनुभव हामीसँग छ । त्यो अनुभवबाट शिक्षा सिकेर अगाडिको काम कुरा गर्नु पर्दछ । तर सरकारले त्यसरी काम कुरा गरेको देखिंदैन । नाराको रुपमा मात्र यस्तो कार्यक्रम ल्याएर हामी सफल हुन सक्दैनौं ।

सरकारले पर्यटन भ्रमण वर्ष मनाउने घोषणा गर्नासाथ निजी क्षेत्र उत्साहित भएर त्यस क्षेत्रमा लगानी गर्छन् । होटल रेष्टुराँ बनाउँछन् तर विभिन्न बाधा अवरोधका कारण भ्रमण वर्ष सफल हुन सक्दैन । भ्रमण वर्ष असफल हुनुको मतलब पर्यटन व्यवसायी आफै पनि असफल हुनु हो र लगानी डुब्नु हो । भ्रमण वर्ष–२०२० ले लगानीकर्तालाई सबभन्दा क्षति पु¥याएको थियो । त्यस बेला कोरोनाको महामारी फैलियो । जसको कारण भ्रमण वर्ष बीचैमा स्थगित भयो । पर्यटक आउन जान बन्द भयो । लकडाउनले गर्दा कोही कतै घर बाहिर जाने कुरा भएन । पर्यटन व्यवसायीका लागि त्यो एक अभिशाप नै सावित भयो । तर अहिले स्थितिले काँचुली फेर्न लागेको छ । क्षितिज उज्यालो देखिंदै छ । यस्तोमा सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशक घोषणा गरेको छ । भ्रमण दशकको धेरै कुरा बाहिर आएको त छैन तर जति आएका छन्, त्यसबाट सरकार अहिले पनि त्यत्ति गम्भीर भएको देखिंदैन ।

अझ पनि हामी पर्यटन भन्नासाथ हिमालमात्र सम्झन्छौं । हिमाल निश्चय नै हाम्रो सबभन्दा आकर्षणको विषय हो । तर, त्यसलाई सम्पूर्ण हो भन्ने सम्झनु भएन । त्यसको साथै हाम्रा अन्य डाँडाकाँडा, धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाहरु छन् । नाचगान र संगीत छन् । साहित्य छ । ती कुराहरुको अडियो–भिडियो देखाएर उनीहरुको बसाइँ लम्बाउन सकिन्छ । भक्तपुरले आफ्नो नाच प्रत्यक्ष देखाएर पर्यटक प्रभाव पारिरहेको छ । तर त्यसको सिको कसैले गरेको देखिएन । त्यसो गरियो भने त्यसबाट हाम्रो धर्म संस्कृतिको प्रचार–प्रसार पनि हुन्छ । त्यसरी प्रचार–प्रसार गर्न पाउनु ठूलो अवसर हो । फेरि यो हिमाल र डाँडाकाडा आदि भनेको पर्यटकलाई देखाउने तिनीहरुलाई जानकारी दिने विषयमात्र हो भनेर सम्झनु पनि भएन । त्यसबारे हामीले पनि र हाम्रा नानीबाबुहरुले पनि जान्नु बुझ्नु प¥यो । यस्ता कुरामा पनि सरकारको ध्यान जानु आवश्यक छ । सरकारले भ्रमण दशक मान्नुभन्दा पहिले यस्तो कुरामा ध्यान दिनु उपयुक्त हुने कुरा हामी आग्रह गर्न चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width