परम्परागत प्रविधिलाई नबिर्स

सम्पादक
फागुन १, २०७५

१. अहिले देशमा आवधिक चर्चा हुन थालेको छ। हामीले १४औँ पञ्चवर्षीय योजना पूरा गर्न लागेका छौँ भने १५औँ पञ्चवर्षीय योजना के कस्तो बनाउने संबन्धमा विचार विमर्श शुरु भएको छ। देश संघीय सरकारमा गएपछिको यो पहिलो आवधिक योजना भएकोले संघीय सरकारले आफनै किसिमले बनाउँदै छ भने प्रदेश सरकारले पनि आआफनो प्रदेश अनुसारको योजना तर्जुमा गदैर्छन्।

२. योजना आयोगले र योजना विशेषज्ञहरुले आआफनो विज्ञता र अनुभवको आधारमा योजना निर्माण गर्ने गर्दछन्। त्यसमा विशेष भनी राख्नु पर्ने आवश्यकता छैन। तर एउटा महत्वपूर्ण कुरा के हो भने हामीले १४ ओटा पञ्च वर्षीय योजनासम्म आउँदा पनि कहिल्यै कुनै योजनाको लक्ष्य पूरा भयो भन्ने अवस्था आएन।

३. योजना तर्जुमा गर्दा यत्ति लक्ष्य त प्राप्त गर्न सकिन्छ भनी लक्ष्य निर्धारण गनेर्गरिन्छ भने काम गर्दै जाँदा हामी कहिले त्यो लक्ष्यमा पुग्न सकेका हुदैनौँ। त्यसकारण लक्ष्य निर्धारण गर्दा आफनो धरातल संझनु आवश्यक छ। बजेटमा छुट्टयाइएको रकमसम्म खर्च गर्न नसकेर फ्रीज भएका घटना धेरै छन्।

४. सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघिसारेको छ। त्यो नारामा पुग्न पनि हामीले प्रशस्त चिन्तन मनन गर्नु आवश्यक छ। विकास निर्माण गर्नु पर्दछ भन्ने कुरा सवैका भाषणहरुमा अभिव्यक्त हुने गर्दछ। तर त्यो विकास निर्माण के कसरी गर्ने भन्ने उपायमा हामी त्यति गम्भीर छैनौँ। आजको विकास निर्माण भनेको विज्ञान र प्रविधिले गर्ने हो। तर विज्ञान र प्रविधिलाई हामीले त्यति महत्व दिने गरेका छैनौँ।

५. हाम्रा युवा जमात विज्ञान र प्रविधिमा अघि बढिरहेका छन्। महावीर पुन लगायत प्रतिभाहरु यस क्षेत्रमा समर्पित भएर लागेका छन्। तर उनीहरुले सरकार र अन्य कुनै संस्थान आदिबाट सारभूत प्रेरणा पाएका छैनन्। विद्यालय र इञ्जिीनियर कलेजमा पढ्ने विद्यार्थीहरुले आफनै किसिमले केही गरिरहेका छन्। हाम्रा विद्यार्थीहरुले रष्ट्रिय र अन्तराष्ट्रिय पुरस्कार पनि पाएका छन्। केही त नासासम्म पनि पुगेका छन्। तर स्थानीय स्तरबाट प्रोत्साहन प्राप्त गर्न सकेका छैनन्। कतिपयको सिर्जनात्मक प्रतिभा ओइलाएर गइरहेको देखिन्छ।

६. यस्तो कुरा गर्दा हाम्रो परम्परागत प्रविधिलाई पनि विर्सनु हुँदैन परम्परागत प्रविधिमा हाम्रो विशेषता लुकेको हुन्छ। तर त्यतातिर आज हाम्रा नीति निर्माताहरु कसैको ध्यान नपुगेको कारण ती विशेषताहरु लोप हुँदै गइरहेका छन्। हामीहरु बाह्य मुलुकको प्रविधि भित्र्याउनमा तल्लीन रहेका छौँ। तर त्यसरी मात्र हुँदैन। त्यसो गर्दा हामी अर्काको दाँजोमा पुग्न र उभिन सक्ने हुँदैनौँ।

७. अध्ययन, अनुसन्धानमा खर्च गर्ने प्रवृत्ति अत्यन्त न्यून रहेको छ। विश्वविद्यालयहरु पनि अनुसन्धान र अन्वेषणमा  भन्दा प्रमाणपत्रमा बढी जोड दिने गर्दछन्। जसले गर्दा हामीलाई लक्ष्य प्राप्त गर्न मार्ग प्रशस्त हुन सकिरहेको छैन। यस्ता कुरालाई विशेष ध्यान दिएर योजना तयार गर्नु पर्दछ। विज्ञान र प्रविधिका हाम्रा पुराना विशेषताहरुलाई आगामी योजनामा महत्व दिनु पर्दछ। पुरानो प्रविधि भनेर हेलाँ गर्नु हुँदैन। त्यसमा विज्ञानको संयोजन गरेर अलि आधुनिक बनाएर उत्पादनमूलक बनाउँन सकिन्छ। यस्तोमा नीति निर्माताहरुको ध्यान आकृष्ट भएमा त्यो उपलब्धिमूलक हुन सक्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width