पञ्चायतको झल्को

सम्पादक
वैशाख २५, २०७०

१. नेपालमा पञ्चायती व्यवस्था तीस वर्ष रÞयो। त्यो तीस वर्षको लामो अवधिमा पञ्चायतले नेपाली समाजमा धेरै छाप छोडेको छ। त्यसबेला राजाको प्रत्यक्ष शासन थियो। राज्यले जे भने त्यो द्रुत हुन्थ्यो र त्यसलाई सबैले मान्नुपर्दथ्यो। अहिले चार दलको सिण्डिकेटको शासन छ र त्यसले जे निर्णय गर्दछ, त्यो निर्णय मान्नुपर्ने मान्यता स्थापित गर्न खोजिँदैछ। जसले पञ्चायतको झल्को दिएको छ।

२. चार दलले प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनाउने निर्णय गर्‍यो। निर्वाचन प्रयोजनका लागि मात्र हो के रे भनी धेरैले त्यसमा मौन स्वीकृति दिए। अहिले फेरि त्यही चार दलको सिण्डिकेटले पूर्वप्रशासक लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने निर्णय गरेको छ।

३.     त्यो निर्णय अनुसार मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको अध्यक्षतामा गठित संवैधानिक परिषद्ले त्यसमा दायाँबायाँ नहेरी आफ्नो सिफारिस राष्ट्रपति डा. रामवरण यादवसमक्ष पठाएको छ। प्रधानन्यायाधीश समेत रहेका रेग्मीले त्यो निर्णयमा के कति कमीकमजोरी छन् र त्यो संविधान र ऐनकानुन अनुकूल छ छैन भनी केही नहेरी सिफारिस गरेपछि त्यसले विाद निम्त्याएको छ।

४. राष्ट्रपति डा. यादवले त्यो सिफारिसमा के गर्ने भनी सल्लाह परामर्श गरिरहेका छन्। यता विद्यार्थी सङ्घसंस्था र नागरिक समाजका अग्रजहरूले सडक तताउन थालेका छन्। उनीहरूले रायमाझी आयोगले अयोग्य ठहर्‍याएका व्यक्तिहरूलाई अख्तियार प्रमुख बनाउनुहुँदैन भनी राष्ट्रपतिलाई दबाब दिइरहेका छन्।

५. जनमत विभाजित भएको छ। एमालेका शीर्ष नेताबाहेक अरुहरूले संस्थागत निर्णय गरेर निज कार्कीलाई नियुक्त नदिन राष्ट्रपतिलाई लिखित दस्तावेज पेश गरेका छन्। काङ्ग्रेसमा पनि मत विभाजित छ। एकीकृत माओवादीमा पनि विस्तारै त्यो निर्णयको विरोधमा स्वर गुञ्जन थालेको छ। जम्मामा विरोधी स्वर ठूलो हुँदै आएको देखिएको छ।

६.     अरु त विभाजित भए-भए, पत्रकारहरू पनि विभाजित हुन थालेका छन्। १/२ पत्रिकाले लोकमान सिंहको पक्षमा खुलेरै लेख्न थालेका छन्। पञ्चायतकालमा पनि पत्रकारहरू त्यसरी विभाजित भएका थिए। एकपक्ष सरकारको निर्णयको वकालत गर्दथे भने अर्को पक्ष जनभावना आदि देखाएर विरोध गर्दथे। अहिले प्रस्तुत विषयमा पत्रकारहरू विभाजित भएर लेख्न थालेपछि यसले पनि पञ्चायतको झल्को दिएको छ।

७. एकातिर ऐनकानुन र संविधानको आडमा विरोध भइरहेछ भने अर्कोतिर सिण्डिकेटका नेताहरू विरोध गर्नुको अर्थ छैन भन्दै आफ्नो निर्णयलाई हुकुम प्रमाङ्गी सम्झन थालेका छन्। गल्ती भएको थाहा पाएर पनि उनीहरू गल्ती सच्याउन चाहेका छैनन्। उनीहरू मेरो गोरुको बाह्रै टक्का भनेर बसिरहेका छन्। जसरी त्यसबेला ज्ञानेन्द्र बसेका थिए। ती सबै क्रियाकलाप गतिविधिले पञ्चायतको झल्को दिने गरेको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width