नेपाल भ्रमण वर्ष

सम्पादक
असार २०, २०७६

१. नेपालीहरुले सर्वाधिक आशा अपेक्षा गरेको नेपाल भ्रमण वर्ष–२०२० आउन मात्र ६ महिना बाँकी छ। सरकारले भ्रमण वर्ष मनाउने घोषणा गरेपछि सुरज वैद्यको संयोजकत्वमा भ्रमण वर्ष तैयारी समिति गठन गरेको छ। सरकारले त्यसको लागि संरचना र संजाल तैयार गरेको छ। ती संस्थाहरुले आफ्नो ठाउँमा केही गरिरहेका छन्।

२. सरकारले यस अघि सन १९९८ मा पहिलो पटक नेपाल भ्रमण वर्ष मनाएको थियो। त्यसपछि लुम्बिनी भ्रमणवर्ष, आन्तरिक भ्रमणवर्ष मनाउने कार्यक्रम पनि सम्पन्न गरेको छ। भ्रमणवर्ष मनाउने अनुभव छ। भ्रमण वर्षका लागि कहाँ के कसरी प्रचार–प्रसार गर्ने र देशभित्र के कसरी तैयारी गर्ने भन्ने ज्ञान पनि छ।

३. विगतको अनुभव छ, काम गर्ने ज्ञान पनि छ। तर ती सबै भएर पनि यस पटक विगतमा झैं उत्साह देखिएको छैन। सम्बन्धित संस्थामा बसेकाहरु पनि काम कुरामा कमीकमजोरी भएको, समन्वयको अभाव भएको तथा कहिलेकाँही आफूहरु नेतृत्व विहीन भएको अनुभव गर्दैछन्।

४. तात्कालीन पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको जहाज दुर्घटनामा देहावसान भएपछि भ्रमण वर्षका काम कुरामा जे जति गति आउनु पर्ने हो, त्यो आएको छैन। काम गर्नेहरुलाई गाह्रो भएको छ। एकातिरको स्थिति यस्तो छ भने अर्को तिर बजेट पनि ज्यादै न्यून विनियोजित गरिएको छ।

५. पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री के.पी. ओली आफैले लिएकाछन्। उनले छिटै पर्यटनमन्त्री नियुक्त गर्ने अपेक्षा गरिएको थियो। तर भ्रमण वर्ष आउन ६ महिना बाँकी रहेको बेलामा पनि छुट्टै पर्यटनमन्त्री भ्रमणवर्षले पाएको छैन। अहिले त भ्रमणवर्ष समितिका मानिसहरुले पनि त्यसको गुनासो गर्दैछन्।

६. भ्रमणवर्षका लागि सरकारले केही गर्दैछ। सरकारले भारतको आइफाअवार्ड नेपालमा आयोजना गरी भ्रमणवर्षको प्रचार गर्न खोजेको थियो, तर त्यसको व्यापक विरोध भयो। सरकारले त्यसबाट पनि हात झिकेको छ। यदि भ्रमणवर्ष समितिको माध्यमबाट त्यो कार्यक्रम ल्याएको भए, शायद त्यसको त्यत्ति विरोध हुने थिएन कि। काम गर्ने शैलीले पनि यस्तो आयोजनामा प्रभाव पार्दछ।

७. भ्रमणवर्ष मनाउन समितिलाई मात्र १० करोडको बजेट विनियोजन गरिएको बताइएको छ। यो बजेट न्यून भएको समितिका पदाधिकारीहरुको गुनासो छ। भ्रमणवर्ष सम्बन्धी सम्पूर्ण काम भ्रमणवर्ष समितिमार्फत आयोजना गरिएमा काम कुराको समन्वय हुने र विवादको सम्भावना कम हुने देखिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width