नेपाल– बंगलादेशको सम्बन्ध

सम्पादक
कार्तिक २७, २०७६

१. हाम्रो नजिकको छिमेकी देश बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिनको औपचारिक भ्रमणका लागि हिजो काठमाडौं आइपुगेका छन्। राष्ट्रपति हमिद हाम्रा राष्ट्रपति विद्याभण्डारीको निमन्त्रणामा आएका हुन्। चार दिने भ्रमणको क्रममा उनले सुन्दर नगरी पोखराको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

२. राष्ट्रपति हमिदले हाम्रा राष्ट्रपति भण्डारीसँग सौहार्दपूर्ण भेट वार्ता गर्ने छन्। निर्धारित कार्यक्रम अनुसार राष्ट्रपति हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री के.पी.ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिष्टाचार भेट गर्नेछन्। उनको भ्रमणको क्रममा नेपाल र बंगलादेश बीच व्यापार, पारवाहन र जलश्रोत सम्बन्धी वार्ता हुनेछ।

३. बंगलादेश कुनै बेला पाकिस्तानकै एक अंग थियो। त्यसलाई पूर्वी पाकिस्तान भन्ने गरिन्थ्यो। बंगलादेशले ठूलो क्रान्ति गर्नुपर्यो। त्यो क्रान्तिमा नेपालको नेपाली कांग्रेस पार्टीले आफ्नो हातहतियार दिएर सहयोग गरेको थियो। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएर बंगलादेश बनेको थियो। शेखमुजिबुर रहमानको नेतृत्वमा त्यो मुक्तिआन्दोलन भएको थियो।

४. बंगलादेश स्वतन्त्र भएको बेला नेपाल र बंगलादेशको आर्थिक स्थिति उस्तै–उस्तै थियो। स्वतन्त्र भएपछि त्यसले आफ्नो विकासको गति तीव्र पार्न सफल भएको छ र नेपालको केही क्षेत्रमा लगानी गर्न पनि तैयार भएको छ। तैयारी पोशाक र जुट निर्यात गरेर त्यसले धेरै फाइदा उठाएको छ।

५. बंगलादेश स्वतन्त्र भएदेखि नै नेपाल र बंगलादेशका बीच व्यापार पारवाहन आदि क्षेत्रमा अनेक सम्झौता भएकाछन्। तर जति सम्झौता भएपनि दुई देशका बीच उल्लेखनीय व्यापार भएको छैन। बंगलादेशले नेपालको जलश्रोतको क्षेत्रमा लगानी गर्ने र उत्पादित बिजुली किन्ने बचनबद्धता व्यक्त गरेको छ।

६. नेपालको काँकडभिट्टादेखि बंगलादेशको फूलबारी (बंगलाबन्ध)को दूरी मात्र १७ किलो मिटर भएको र त्यो भूभाग भारतको भएकोले दुई देशको व्यापारमा केही कठिनाइ छ। भारतले आफ्नो त्यो क्षेत्रलाई सुरक्षा संवेदनशीलता देखाउँदै मालवाहक सवारी साधनहरुलाई प्रभावित बनाएको छ।

७. काम गर्दा बाधा अवरोध आउनु स्वभाविक हो । नेपाल र बंगलादेश बीच पनि केही बाधा तेर्सिएका छन्। ती बाधा अवरोध हटाएर व्यापारको परिणाम बढाउनु नेपालमा उत्पादित बिजुली आफ्नो देश पुर्याएर उद्योग धन्दामा लगाउनु बंगलादेशको लागि पनि हितकर नै हुन्छ। दुवैको हित हुने काममा गति थपेर दुई देशको कारोबार जनस्तरको आदानप्रदान बढाउनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width