१. सधैँ एकै किसिमको समाचार सुन्दै आएका नेपालीहरुले शुक्रवारका दिन सर्वथा नयाँ विषयको उपलब्धिको समाचार सुनेर दङ्ग भएका छन् । त्यो समाचार हो : नेपाली स्याट १ नाम दिइएको भूउपग्रह निर्माण भएको घोषणा । नेपालको भूउपग्रह निर्माण भएको उक्त घोषणा जापानको क्युसु इन्स्टीच्युट अव टेक्नोलजी क्युटेक विश्वविद्यालयले गरेको हो ।
२. गत शुक्रवार क्युटेक विश्वविद्यालयका युजी ओइएल र बर्डस् प्रोजेक्टका पदाधिकारीहरुको उपस्थितिमा घोषणा गरिएको थियो । त्यो घोषणा गर्ने बेलामा नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, इलेक्ट्रीकल र कम्युनिकेशन इञ्जिनियर हरिराम श्रेष्ठ र स्पेश टेक्नोलोजी इन्जिनियर आभाष मास्केको उपस्थिति थियो। श्रेष्ठ र मास्के नेपाली भू–उपग्रह निर्माणमा समेत सहभागी थिए।
३. नेपाली स्याट–१ भूउपग्रह आगामी २०७६ वैशाख ४ गते अन्तरिक्षमा प्रेक्षेपण गर्ने तैयारी भएको छ। नेपाल र नाष्टको लागो अंकित स्टकर टाँसिएको सो भूउपग्रहलाई प्रक्षेपण सम्बन्धी अन्य अगाडिको कामका लागि जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई सोमबार हस्तान्तरण गर्ने कार्यक्रम छ। प्रक्षेपणको जिम्मेवारी भने अमेरिकी स्पेस कम्पनी अर्बिटल एटीकेले लिएको जनाइएको छ। यो निर्माण गर्न जापानी ऐन एक करोड ५० लाख खर्च भएको छ।
४. यो भू–उपग्रह प्रक्षेपण गरेपछि पृथ्वीको करीब चार सय किलो मिटर टाढा (माथि) रहेर ग्राउण्ड स्टेशनमा तथ्यांकहरु पठाउने छ। ती तथ्यांकहरुलाई नेपाली वैज्ञानीकहरुले विश्लेषण र संकलन गर्नेछन्। नेपाली स्याट–१ ले भू–उपग्रहले गर्ने काम गर्ने भएपनि यो एक ठूलो भू–उपग्रह नभएर नानो भू–उपग्रह भएको जनाइएको छ।
५. निर्माण कार्यमा संलग्न वैज्ञानिकहरुका अनुसार त्यसको लम्बाई, चौडाई र उचाई मात्र १०x१० सेन्टिमिटर छ। त्यसैले यसलाई नानो स्याटलाइट भनिएको छ। यो भू–उपग्रहको निर्माणले अथवा यो बनाउँदा नेपाली वैज्ञानिकहरुले हासिल गरेको ज्ञान प्रयोग गरेर नेपालीहरुले पनि भू–उपग्रह बनाउन सक्छन् भन्ने कुरा देखिन आएको छ।
६. यो नेपाली भू–उपग्रह त्यहाँको बडे्स कार्यक्रम अन्तर्गत निर्माण गरिएको छ। बडेस कार्यक्रम भनेको भू–उपग्रह नभएका मुलुकहरुलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रम हो। श्रीलंकाले पनि त्यही कार्यक्रम अन्तर्गत रावना–१ र जापानकै उगिसु भू–उपग्रह पनि त्यसै दिन प्रक्षेपण गर्ने कार्यक्रम निर्धारण गरिएको छ।
७. नेपाली स्याट–१ को निर्माणले देश विज्ञानको क्षेत्रमा एक कदम अघि बढेको प्रष्ट भएको छ। या अर्को शब्दमा देशको विज्ञानको क्षेत्रमा नयाँ आयाम थप भएको छ। यस कार्यलाई सबैले प्रोत्साहित गर्नुपर्दछ। विशेषतः सरकारले अब विज्ञान प्रविधिमा बजेट विनियोजन गर्न कञ्जुस्याँई गर्नु हुँदैन। देश विकास गर्ने नै विज्ञान, प्रविधिले हो भन्ने मूल मन्त्र सम्झेर हाम्रा नीति निर्माताहरु अघि बढ्नु पर्दछ। यो आजको आवश्यकता हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
चैत्र १५, २०८०गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०