नेपालमा एमसीसी विवाद

सम्पादक
माघ १०, २०७६

१. सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ठूलो वादविवाद पछि सभामुख चयन ग¥यो । सभामुख कसलाई बनाउने भन्ने सम्बन्धमा प्रधानमन्त्री केपी ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच चर्कै रस्साकस्सी भयो । त्यसले प्रतिष्ठाको रुप लियो । संसद पनि एक महिनाभन्दा बढी समय अवरुद्ध भयो । अन्ततः अध्यक्ष दाहाल आफ्नो पक्षका अग्नि खरेललाई उम्मेद्वार बनाउन सफल भए ।
२. बल्ल तल्ल त्यो समस्या सुल्झेको थियो । तर अहिले फेरि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करपोरेशनको ५० करोड डलर अनुदानको विषय चर्कदै गएको छ । प्रधानमन्त्री ओली त्यो सहयता संसदबाट स्वीकृत गर्ने पक्षमा छन् भने केही नेताहरु त्यो सहयता रकम लिन हुँदैन भन्दैछन् र तिनी पहिले भन्दा अहिले चर्कदै गएका छन् ।
३. सरकार त्यो सहयाता लिन खुट्टा उचाली सकेको अवस्थामा छ भने त्यसको विरोध गर्नेहरुले त्यसमा साम्राज्यवादी अमेरिकाको गन्ध भएको आरोप लगाएका छन् । त्यसरी आरोप लगाउने हरुले एमसीसीमा षड्यन्त्र भएको वर्णन गर्दैछन् । तिनीहरु मध्ये केहीले एमसीसीको कारण चिनीया रेल नेपालमा ल्याउन समेत रोकिने आशंका गरेका छन् ।
४. सरकारी पक्षले एमसीसी शुद्ध सहयोग भएको दावी गरी अमेरिकी दुतावासले हालै जारी गरेको विज्ञप्ति देखाउने गरेका छन् भने विरोध गर्नेहरुले त्यो कुरा दूतावासले भनेर पनि हँुदैन भन्दैछन् । यस किसिमले पार्टीमा अहिले यो एमसीसी , प्रतिष्ठाको विषय भएको छ ।
५. सरकारले यो विषय संसदबाट निर्णय गराउन ६ महिना पहिले दर्ता गराईसकेको छ । त्यसवेला नै सरकार संसदमा निर्णयार्थ प्रस्तुत गर्ने पक्षमा थियो तर निवर्तमान सभामुख कृष्णबहादुर महराले त्यसलाई रोकेका थिए । पूर्व माओवादीका धेरै नेताहरु एमसीसीका विरोधमा छन् ।
६. यो विषयलाई पार्टीले आफ्नो विभिन्न फोरममा राखेर छलफल गर्दैछ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यसबारे प्रकाश पार्दै यो अनुदानको सदुपयोग गर्नुपर्ने जिकिर गरेका छन् । तर विपक्षमा तर्क गर्नेहरु मान्ने पक्षमा देखिएका छैनन् । विरोध गर्नेहरुले एमसीसीलाई षड्यन्त्रको पोको भन्ने समेत गरेका छन् ।
७. नेताहरु आ आफ्नो पक्षको दलील पेश गर्न भरमार बौद्धिक अभ्यास गरिरहेका छन् । कोही प्रधानमन्त्री ओलीलाई कमजोर पार्न पनि यसको विरोध गरिरहेका छन् । तर प्रधानमन्त्री ओली भने संसदमा यसको पक्षमा बहुमत जुटाउन लागिपरेका छन् । उनी नयाँ सभामुखले शपथ ग्रहण गरेपछि छिट्टै यो विषय निर्णयार्थ पेश गर्ने पक्षमा छन् । आगामी दुई साता यो विषय अरु चर्कने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width