नेताहरूको नौटङकी

सम्पादक
असार १९, २०७०

१. सरकारले चुनावको मिति घोषणा गरिसकेको छ। आगामी मङ्सिर ४ गते संविधानसभाको चुनाव हुने भएको छ। एकातिर सरकारले चुनावको मिति घोषणा गरेको छ भने अर्कातिर चुनाव सक्रिय बहिस्कार गर्नेहरू पनि निस्कन लागेका छन्। एक पटक चुनाव विथोलियो भने त्यो चुनाव फेरि कहिले हुन्छ भन्न सकिन्न।

२. स्थिति गम्भीर छ। तर देशका राजनीतिक पार्टीर पार्टीला नेताहरूले त्यो गम्भीरतालाई त्यत्ति आँकलन गर्न सकेका छैनन्। त्यसैले यस्तो अवस्थामा पनि पार्टीरू आपसमा आन्तरिक द्वन्द्वमा फसिरहेका छन्। सरकार र निर्वाचन आयोग चुनावको माहोल बनेन भन्दैछ भने नेताहरूले त्यो सुनेर पनि नसुने झै गरिरहेका छन्।

३.     चुनावको मुखमा आएर एकीकृत माओवादी पार्टीपार्टीला रिक्त रहेका पदहरू पूर्तिमा लागेको छ। लामो समयको विचारविमर्शपश्चात् पनि पदपूर्ति गर्न नसकेपछि त्यस पार्टीला उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपाध्यक्ष पद परित्याग गरेका छन्। एमाओवादीमा सड्ढटमाथि अर्का सड्ढट थपिएको छ। कमसेकम दुर्इ हप्ता त्यो समस्या समाधान हुने देखिँदैन।

४. नेपाली काङ्ग्रेस पनि त्यस्तै आन्तरिक द्वन्द्वमा फसेको छ। त्यसले पनि विभिन्न समितिका सदस्य चयन गर्न सकेको छैन। पार्टीला तीन शीर्ष नेताहरू तीनतिर र्फकेका छन्। पूर्व प्रधानमन्त्री तथा पार्टीला वरिष्ठ नेता शेरबहादुर देउवाको भारत भ्रमणपछि एउटा आशड्ढा पार्टीभित्र उत्पन्न भएको छ। पार्टीसभापति कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका गएका छन्।

५. एमालेमा नयाँ-नयाँ समस्या थपिने गरेको छ। त्यहाँ पनि नेताहरू उत्तर र दक्षिण र्फकेर बसिरहेका छन्। पार्टीला अध्यक्ष झलनाथ खनालको प्रभाव र लोकप्रियता घट्दो छ। त्यसैले फागुनमा हुनपर्ने महाधिवेशन अहिले गर्नुपर्दछ समेत भन्न थालिएको छ। वरिष्ठ नेता माधव नेपाल र केपी ओली आफ्नै धुनमा दौडिरहेका छन्।

६. मधेसवादी नेताहरू एक पार्टीलाट अर्का पार्टीला गइरहेका छन्। उनीहरू यता र उता गइरहेको देख्दा चुनाव उनीहरूलाई आएको जस्तो छ। आया राम गया रामको उनीहरूले चरितार्थ गरिरहेका छन्। महन्थ ठाकुर सर्वमान्य जस्तो देखिए तापनि स्थिति उनको नियन्त्रणमा नरहेको प्रष्ट हुँदै आइरहेको छ।

७. ती सबै आन्तरिक द्वन्द्वले गर्दा नेताहरूलाई आफ्नो पार्टीभित्र हर्र्दै फसर्द नभएर हो कि चुनावको माहौल बनेको छैन। जनताले नेताहरूले के नौटड्ढी गरेका होलान् समेत भन्न थालेका छन्। नेताहरूले आ-आफ्नो नौटड्ढी परित्याग गर्नुपर्दछ र चुनावको माहौल सिर्जना गर्नेतिर लागिपर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width