पहिलो संसदको ६ वर्ष सिद्धिएको छ । यो ५ वर्षमा ज–जसले संसदको नेतृत्व गरेका थिए । तिनीहरुले समेत यसका काम कुरामा चित्त बुझाएका छैनन्, सन्तुष्ट हुन सकेका छैनन् । नेताहरु स्वार्थै–स्वार्थमा डुबेका र देश विकासका लागि समेत तिनीहरु एक आपसमा मिलेर जान नसकेका कारण यो ५ वर्षमा जे–जति हुनु पर्दथ्यो, त्यो भएन । त्यो नभएको मात्र होइन, भविष्यका लागि समेत मार्गचित्र कोरेर जे–जसरी देखाउनु पर्दथ्यो, त्यो पनि देखाएको प्रतीत भएन । अझ पनि हिजैको राग, द्वैष, कटुता, स्वार्थ नेताहरुमा प्रष्ट देखिन्छन् ।
चुनाव नजिक आएको छ । तर चुनावमा कुनै सिद्धान्त आदर्शका कुरा आएको छैन । यो सिद्धान्त, यो मोडेल आदि अपनाएर देश विकास गर्ने भन्ने कुरा कुनै नेताले पनि गरेका छैनन् । तिनीहरु निहित स्वार्थमा चुर्लुम्म दुवेका छन् । आफूलाई सबभन्दा ठूला कम्युनिस्ट पार्टी एमाले चुनावमा राजसंस्था फर्काउन पर्दछ भन्ने राप्रपासँग चुनावी तालमेल गर्दै छ भने आफूलाई उग्र कम्युनिस्ट भन्ने माओवादी केन्द्र बिहान उठ्दादेखि बेलुकी ओछ्यानमा नगएसम्म पाँच (५) दलको गठबन्धनको प्रशंसा गर्ने गर्दछ र त्यसको आवश्यकताका सम्बन्धमा बोलेर कहिले थाक्दैन । गठबन्धनका नेताहरुले गठबन्धन सरकारको औचित्य माथि मात्र प्रकाश पारेका होइनन्, आगामी चुनावसमेत चुनावी तालमेल मिलाएर जाने तयारी गरिरहेका छन् । ती नेतामध्ये कहिले त आगामी चुनावमा समेत कसैको बहुमत नआओस् भन्ने कामना गरेका छन् । कसैको बहुमत नआएमा सानो पार्टीको महत्व हुने र तिनीहरु फेरि सरकारमा रहन पाउने तिनीहरुको विचार छ । यत्तिसम्म कि माओवादी केन्द्रले समेत आफू निर्णायक शक्ति रहने भूमिका निर्वाह गरेको छ ।
नेपाली कांग्रेस पार्टीले संसदमा आफ्नो बहुमत आउने किसिमले तालमेल गर्न जोड दिँदै छ । अर्कोतिर एमालेले पनि आफूले बहुमत ल्याउनुपर्नेमा जोड दिँदै छ । तर कसको स्थिति के हुन्छ, त्यो चुनाव हो भन्न सक्ने स्थिति छैन । तर यस पटकको चुनावमा पहिले वैकल्पिक शक्तिको रुपमा आउने दाबी गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र सञ्चारकर्मी रवीन्द्र मिश्रलाई कतै सेल्टर खोज्नुपर्ने अवस्थामा पु¥याएको छ । डा. भट्टराई अन्य कुनै घटना नभएमा माओवादी केन्द्रको नजिक पुग्दै छन् भने मिश्र राप्रपातिर आकर्षित भएको समाचार आएका छन् । नियतिले कसलाई कहाँ पु¥याउँछ, त्यो भन्न त सकिँदैन तर नेताहरु आ–आफ्नो स्वार्थमा लिप्त रहेकाले हाम्रो निकटको भविष्य पनि त्यत्ति उज्यालो छ भन्न गाह्रो छ । त्यसको लागि हामीले धेरै प्रयास गर्नुपर्ने देखिन्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१