नेकाभित्र राजीनामा विवाद

सम्पादक
जेठ २४, २०७०

१. नेपाली काङ्ग्रेस कहिलेकाहीँ अनावश्यक विवादमा फस्ने गर्दछ। अहिले पनि त्यो पार्टीत्यस्तै विवादमा फसेको छ। अहिलेको विवाद हो- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सर्वोच्च अदालतबाट राजीनामा दिनुपर्दछ भन्ने विवाद। सभापति कोइरालाले अध्यक्ष रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्दछ भनेपछि विवाद बढेको छ।

२. सभापति कोइरालाले नेकपा-माओवादीलगायतका पार्टीरू -जसले चुनावको विरोध गरिरहेका छन्) लाई चुनावी धारमा ल्याउन सकिन्छ कि भनी त्यो कुरा उठाएका हुन्। तर उनको त्यो कुरालाई वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतले त्यो कुरा उनको निजी विचार भन्दै विरोध गरेका छन्।

३.     यसअघि सभापति कोइरालाले पार्टीका विभिन्न समितिमा सदस्य पदमा मनोनयन गरेका थिए। त्यो मनोनयन एकतर्फी भएको भनी नेताहरूले विरोध गर्दै आएका छन् र मनोनयनमा परेकाहरू कतिपयले पनि आफूसँग नसोधी राखिएको भन्दै असन्तोष जाहेर गरी राजीनामा दिएका थिए।

४. पार्टीभत्र त्यो विवाद बल्झिएको बेलामा अहिले राजीनामाको कुरा आएको छ। त्यो राजीनामाको कुराले पार्टीकाई हानी नोक्सानी पार्दछ कि फाइदा पुग्दछ भनी पार्टीका त्यसको समीक्षा गरिएको छैन। अड्कल र अनुमानको भरमा राजीनामा दिनुपर्दछ र दिनुहुँदैन भनी नेताहरू विभाजित भएका छन्।

५. चुनावको मुखमा नेताहरू त्यसरी विभाजित हुँदा त्यसको प्रभाव स·ठनमा के कस्तो पर्दछ भन्ने कुरा समेत उनीहरूले ख्याल गरेको देखिएन। विवाद तानिएर लम्बिएको धेरै समय बितेको छ। तर त्यसलाई केन्द्रीय समितिमा या पदाधिकारीहरूको बैठकमा राखी सुल्झाउने प्रयास भएको छैन। दुवै पक्षले त्यसलाई विवादकै रूपमा राखिराखेका छन्।

६. शक्ति पृथकीकरणको सिद्धान्त अनुसार भनेर नेपाल बार एशोसिएन र नागरिक समाजका अग्रजहरूले अध्यक्ष रेग्मीले राजीनामा दिनुपर्दछ भनी माग गरिरहेका छन्। केही राजनीतिक पार्टीरूले पनि त्यो कुरा उठाउने गरेका छन्। सभापति कोइरालाले पनि त्यही हेरेर राजीनामाको कुरा उठाएको हुन सक्दछ। तर राजीनामा नै समस्याको समाधान हो कि होइन, त्यो पनि निश्चित छैन।

७. नेपाली काङ्ग्रेस इतिहास बोकेको पार्टीहो, लोकतन्त्रको पर्याय मानिएको पार्टीहो। तर त्यस पार्टीभत्र लोकतान्त्रिक पद्धति नभएको गुनासो बराबर सुनिन्छ। पार्टीभत्र लोकतान्त्रिक पद्धतिको अभ्यास गराई कुनै पनि विषयमा भित्र विचार विमर्श गरेपश्चात् मात्र बाहिर ल्याउने सिष्टम बसाल्नुपर्दछ। ताकि यस्तो अनावश्यक विवादमा उल्झनु नपरोस्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width