नेकपा भर्सेज सरकार

सम्पादक
फागुन १६, २०७६

१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएदेखि एमाले र माओवादीको समीकरण मिलाउँदै एकताबद्ध हुने काममा अघि बढ्दै थियो । एकताको प्रकृया अधिकांश पूरा भएको पनि थियो । तर जब केन्द्रीय समितिको बैठक भएको थियो, त्यसमा सांगठनिक विषयले भन्दा अर्कै विषयले प्रवेश पायो । अमेरिकी सहयोग निकाय एमसीसी तातोकेक बन्यो र त्यसको अध्ययनका लागि छुट्टै कार्यदल समेत गठन गरियो ।
२. कार्यदल जेजसरी गठन गरियो, त्यसबाट प्रधानमन्त्री केपी ओलीको कठिन दिन शुरु भएको अनुमान गरिएको थियो । कार्यदलको प्रतिवेदन पनि उनले भने जस्तो भएन । त्यसै बेला उनको विश्वास प्राप्त मन्त्री गोकुलप्रसाद बास्कोटाको पनि अडियो रेकर्ड सार्वजनिक भयो । जसको परिणाम मन्त्रीले राजीनामा समेत गर्नु प¥यो ।
३. यही क्रममा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पु¥याउने, उनको लागि प्रधानमन्त्री हुने बाटो खुलाउन संविधान संशोधन गर्ने र त्यसको लागि वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा कार्यदल समत गठन गरियो । त्यो कार्यदलको गठन पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई थाहा नगरी कतै बसेर गरिएको थियो ।
४. संविधान संशोधन गर्ने कार्यदलको गठन त्यसरी गुपचुपमा बनाएपछि प्रधानमन्त्री ओलीको विरुद्धमा शीर्ष नेताहरु एकभएको प्रष्ट भयो । या अर्काे शब्दमा प्रधानमन्त्री घेराबन्दीमा परी एकलो भएको प्रष्ट देखियो । पार्टीले वामदेवलाई राष्ट्रिय सभामा मनोनीत गर्न आग्रह गरेको छ भने प्रधानमन्त्रीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने बताएका छन् ।
५. यही २० गते खतिवडाको मनोनीतको अवधि पूरा हुदै छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिएको हो । त्यो एक सिटको लागि वामदेव भर्सेज खतिवडा भएको छ । अर्को अर्थमा त्यो पार्टी भर्सेज सरकार भएको छ ।
६. स्थिति गम्भीर अवस्थामा पुग्दैछ । प्रतिष्ठाको सवाल उत्पन्न भएको छ । को पछि हट्ने भन्ने सवाल उत्पन्न भएको छ । दुवै पक्षले मोर्चाबन्दी गरेको अवस्था छ । राजनीतिको परिदृष्य छिटोछितो परिवर्तन भएको छ ।
७. राजनीति कहिलेकाही निर्मम हुन्छ भन्ने कुरा यस पटक देखिँदैछ । बाह्य दृष्यमा वामेदव गौतम र अर्थमन्त्री खतिवडाको दृष्य देखिएपनि यस भित्र कतै एमसीसी पक्ष र विपक्षको खेल त होइन भनेर सूक्ष्म अध्ययन गर्ने पनि गरिएको छ । यो खेल कहाँ पुगेर टुङ्गिन्छ, केही दिन प्रतीक्षा गर्नु पर्ने नै भएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width