निरोगी नेपाल

सम्पादक
जेठ १४, २०७७

१. प्रधानमन्त्री केपी ओलीले निरोगी नेपाल निर्माणका लागि पाँच वटा कार्य गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त आग्रह गरेका हुन् । कोरोना भाइरससँग लड्नका लागि उनले निम्न उपाय अबलम्बन गर्न सुझाव दिएका छन् ।

२. ती पाँच उपायमा आहारलाई स्वच्छ र सन्तुलित बनाऔं, घरभित्रै व्यायमलाई निरन्तरता दिउँ, शारिरीक र घर भित्र सरसफाईमा ध्यान दिउँ, स्वास्थ्यको लागि पर्याप्त आराम गरौं र उच्च मनोवल कायम राखौं भन्ने रहेको छ ।

३. यसैगरी उनले कोरोनाको नियन्त्रण र रोकथामका लागि सरकारले परीक्षणको कार्यलाई सातै प्रदेशमा विस्तार गर्दै २० भन्दा बढी प्रयोगशालाबाट परीक्षण भइरहेको जानकारी दिएका छन् । क्वारेन्टिनको संख्या बढाउने र स्तर सुधार गर्ने बारे पनि सम्बोधनमा उल्लेख गरिएको छ । कोरोना विरुद्धको चुनौतीपूर्ण रहेको र यसतर्फ सरकार सचेत रहेको उनले बताएका छन् ।

४. देशलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि उत्पादन बढाउन, कृषि क्षेत्रमा ठूलो रोजगारी र स्वरोजगार सिर्जना गर्न संसदबाट नीति तथा कार्यक्रम पारित भईसकेको उल्लेख गर्दै उनले कृषि क्षेत्रमा देखिएका विभिन्न समस्याको निराकरणको लागि कार्यक्रम समावेश गरिएको जानकारी दिए । उनले महामारीका बीच पनि अर्थतन्त्रलाई चलायमान राख्ने र राष्ट्रिय गौरबका आयोजना लगायत विकास आयोजनालाई अगाडि बढाइएको जनाए ।

५. स्वदेश फर्कनु पर्ने अवस्थामा विदेशमा रहेका नेपालीलाई फर्काउन आवश्यक व्यवस्था गरिने उल्लेख गर्दै प्रधानमन्त्रीले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा आफ्ना देशवासीलाई सरकारले समयमै उद्धार गर्ने प्रतिबद्धता व्यक्त गरे । यस अघि विदेशमा रहेका नेपालीलाई फर्काउन कठोर बनिरहेको सरकारले यतिखेर भने लचकता देखाएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width