१. हाम्रो देशको सधैं असल मित्रको रूपमा रहेको जापानमा नारुहितो जापानको १२ औं सम्राट भएका छन्। यस अघि उनी सम्राटका उत्तराधिकारी थिए। सम्राट अकिहितोले स्वेच्छाले गद्दी त्यागेपछि नारुहितो सम्राट भएका हुन्। स्वेच्छाले गद्दी त्यागेका अकिहितो उदार सम्राटका रूपमा चर्चित भएकाछन्।
२. नयाँ सम्राट बनेका नारुहितोले आफूले जापानको संविधानप्रति पूर्ण बफादार रही जनताको खुसी तथा मुलुकको विकासका साथै विश्वशान्तिका लागि पूर्ण इमान्दारीकासाथ काम गर्ने उद्घोष गरेका छन्। उनले आफ्नो बुबाको निर्देशन बमोजिम विगतका सम्राटहरूले कोरिएको मार्गलाई आफूले अनुशरणगर्दै रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
३. नेपाल र जापानको औपचारिक रूपमा २०१३ सालमा दौत्य सम्बन्ध स्थापना भएको थियो। त्यसको लगत्तै प्रधानमन्त्री टंकप्रसाद आचार्यले जापानको भ्रमण गरेका थिए। त्यस बेलादेखि दुई देशको सम्बन्ध निरन्तर अघि बढिरहेको छ। समय बितेअनुसार सम्बन्ध सुदृढ हुँदै गएको छ।
४. जापानले नेपाललाई नेपालको विकासमा सघाउ पुर्याउँदै आएको छ। नेपालको शिक्षा, स्वास्थ्य, कृषि, यातायात, वन तथा वातावरणमा जापानको महत्वपूर्ण सहयोग भएको छ। दुई देशका बीच व्यापारिक सम्बन्ध पनि छ। तर व्यापारमा उल्लेखनीय प्रगति भएको छैन।
५. दुई देशको सम्बन्धको चर्चा गर्दा बुद्धधर्मको कुरा पनि उल्लेख गर्नुपर्ने हुन्छ। बुद्धधर्म दशौं शताब्दीमा जापान पुगेको थियो। त्यस बेलादेखि त्यो देश शान्तिप्रति प्रतिबद्ध रहेको र शान्तिप्रिय देशको रूपमा परिचित भएको छ। बुद्धको शान्ति सिद्धान्तबाट प्रभावित भएर त्यहाँको जापान बौद्ध संघले विश्वभर १०० ओटा शान्ति स्तूप बनाउने अठोट गरेको छ। त्यसले लुम्बिनी र पोखरामा शान्ति स्तूप बनाएको छ भने काठमाडौंको मच्छे गाउँमा पनि निर्माण गर्ने तैयारी गरिरहेको छ। यस सन्दर्भमा जापानी बौद्ध भिक्षु कावागुचीको नेपाल भ्रमण उल्लेखनीय मान्नु पर्दछ।
६. जापानले नेपाली विद्यार्थीहरूलाई कोलम्बो प्लान अन्तर्गत छात्रवृत्ति प्रदान गरेको छ। धेरै नेपालीहरू प्राविधिक तालिम लिएर फकेर्का छन्। हालै अन्तरिक्षमा पठाइएको नेपालको भू–उपग्रह जापानकै प्रयोगशालामा नेपाली वैज्ञानिकहरूले निर्माण गरेका थिए। यस्तो ठोस सहयोग नेपाललाई उपलब्ध भएको स्मरणीय छ।
७. नेपाल र जापानले शान्ति र विकासको लागि सहकार्य गर्दै आएका छन्। यी दुई देशको संयुक्त राष्ट्रसंघमा भएको सहकार्य पनि उल्लेखनीय छ। यी दुई देशबीच व्यापार र पर्यटन प्रवद्र्धनको व्यापक सम्भावना छ। नयाँ सम्राटको कार्यकालमा नयाँ सम्भावनाको खोजी भई दुई देशको सम्बन्धमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१