१. नयाँ सरकार गठन गर्ने कुरा धेरै भए। प्रधानमन्त्रीको नाम पटक-पटक प्रस्तावित भए। नयाँ सरकार जति छिटो हुन्छ भनियो, उति पर पुगेको छ। जति सरकार गठन गर्न ढिलाइ भयो, उति चुनाव पनि पर सरेको छ। चुनावको म्याद पनि दुर्इ पटक सरिसक्यो। अब तेस्रो पटक सर्न बाँकी छ।
२. प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर जेठमा चुनाव गराउने कुरा चलेको पनि महिना दिन बित्न लागेको छ। त्यो कुरा पनि आज-आज भोलि भनी पर सर्दै गएको छ। कति पर सर्दछ, त्यो यसै भन्न सकिने अवस्था छैन। तर जेठमा चुनाव हुने सम्भावना भने कम हुँदै गएको छ।
३. प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुरामा एक त राजनीतिक पार्टीहरूबीच अझै राम्ररी सहमति हुन सकेको छैन। तीनवटा ठूला पार्टीर मधेसी मोर्चाबीच धेरैपटक बैठक भएका छन्। तिनीहरूले दिनदिनै भनेझैं बैठक बसेर विचार विमर्श गरिरहेका छन्। तर तिनीहरूले सोचेझैं प्याकेजमा सहमति भएको छैन।
४. ती पार्टीहरू प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने र निर्वाचनसम्बन्धी विषयमा मात्र केन्द्रित भइ बैठक बसेमा सहमति पुग्न सहज हुने थियो। तर तिनीहरू निर्वाचनभन्दा बाहिरका विषयमा अहिले छलफल गर्दैछन्। आफूले भनेझैं गरी निर्णय गरउने यही बेला हो भनी तिनीहरूले अन्य विषय ल्याएर अल्मल्याउने गरिरहेका छन्।
५. एकातिरस्थित यस्तो छ भने अर्कोतिर सर्वोच्च अदालतले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने पेशी पर सार्दैछ। त्यसमा पनि नेपाल बार एशोसिएसनले त्यो पेशीलाई अरु पर सार्ने प्रयास गर्ने भएको छ। त्यस रिटका सम्बन्धमा बारको तर्फबाट बहस गर्ने वकिलहरूको सङ्ख्या डेढ दर्जन जति पुगिसकेको छ।
६. पक्ष र विपक्षबाट त्यत्तिकै सङ्ख्यामा वकालत गर्ने भए, त्यो वकालतले मात्र पनि कति दिन बिताउने हो, यसै भन्न सकिन्न। अदालतको फैसला धेरै दिन ढिलो भएमा सरकार गठन गर्ने कुरा स्वभावत् ढिलो हुने नै भयो। किनभने प्रधानन्यायाधीश अदालतको निर्णयलाई पर्खनुपर्दछ भन्ने पक्षमा अझ पनि छन्।
७. यसैबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री भएको बेलामा एकपटक माओको देशमा टेक्ने रहर छ। लामो प्रयासपछि प्रधानमन्त्रीलाई चीनले निम्तो दिई चीन भ्रमणको दिन तोक्ने सम्भावना छ। त्यसरी चीन भ्रमणको दिन तोकियो भने उनलाई एकपटक चीन भ्रमण जाने अवसर उपलब्ध गराउनुपर्ने अवस्था पनि आउन सक्छ। ती सबै काम गरिञ्जेल नयाँ सरकार गठनको सम्भावना त्यसै रहन्छ। त्यो सम्भावना सरेपछि चुनावको सम्भावना झन पर जानु स्वभाविकै भयो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१