नयाँ संसदप्रतिको अपेक्षा

सम्पादक
मंसिर २७, २०७९

प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते सम्पन्न भएको थियो । त्यस दिन प्रत्यक्ष र समानुपातिक दुवैको मतदान भएको थियो । प्रत्यक्षतर्फको मतगणना पहिले गरिएको थियो भने समानुपातिकको केही पछि गरिएको थियो । यतिन्जेल दुवैको मत परिणाम घोषणा भएको छ । पार्टी र व्यक्तिको हैसियत के–कति र कस्तो रह्यो त्यो प्रष्ट भएको छ । घोषित परिणामअनुसार कांग्रेस सबभन्दा ठूलो दल भएको छ भने एमाले दोस्रो र माओवादी तेस्रो भएको छ । यो प्रतिनिधि सभामा १२ राजनीतिक पार्टीहरु र ५ जना स्वतन्त्र रहने भएका छन् । यसमा कुनै एक पार्टी विशेषको बहुमत नभएकोले यसलाई त्रिशंकु संसद भनिनेछ । त्रिशंकु संसद सञ्चालन गर्नु चुनौतीपूर्ण हुन्छ भने त्रिशंकु संसदले गठन गर्ने सरकार पूरा अवधि टिकाउनु पनि उत्तिकै गाह«ो हुन्छ । तैपनि यो जनताको म्यान्डेट हो । यसलाई स्वीकार्नु बाध्यता हो ।

जनताले यस्तो म्यान्डेट किन दियो, यो चर्चाको विषय भएको छ । सामान्यत देश विकासका लागि स्थिर सरकार चाहिन्छ । स्थिर सरकार बहुमत प्राप्त पार्टीले मात्र दिन सक्छ भन्ने आम धारणा छ । हुनत मतदाताले पार्टीहरुलाई एकल बहुमत दिएर पनि संसदमा पु¥याएका थिए । एकल बहुमत प्राप्त पार्टीले पनि स्थिर सरकार दिन सकेन । जनताले पार्टीलाई दुई तिहाइ बहुमत पनि दिएका थिए । दुई तिहाइ बहुमत भनेको असाधारण कुरा हो तर त्यस्तो पार्टीको सरकार पनि टिकेन । २०१५ सालमा पहिलो पटक नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो तर त्यसको सरकारलाई राजा महेन्द्रले ‘कु’ गरेर विघटन गरे । त्यसपछि लामो समय दुई तिहाइ बहुमत कसैले ल्याएनन् । राजनीतिमा दुई तिहाइ बहुमत भएमात्र देश विकास हुने भनाइ आयो । २०७४ सालमा जनताले एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दुई तिहाइ बहुमत दिएर संसदमा पु¥यायो । त्यो पार्टीले त्यो दुई तिहाइको सदुपयोग गर्न सकेन । त्यस पार्टीका नेताहरु आफैं विभाजित भएर तिनीहरुको सरकार पनि विघटन भयो ।

हाम्रा पार्टीहरुले एकल बहुमत र दुई तिहाइ बहुमतको सदुपयोग गर्न नसकेको कारण जनताले त्रिशंकु संसदको उपहार दिएको हुन सक्दछ । त्रिशंकु संसदमा नयाँ पार्टीहरुको पनि प्रवेश भएको छ । युवाहरुको पनि प्रवेश भएको छ । तिनीहरुबाट धेरै आशा अपेक्षा गरिएको छ । तिनीहरुमध्ये धेरैले आफ्नो रुप, रंग, सिद्धान्त र आदर्श सार्वजनिक गरेका छैनन् । तैपनि तिनीहरुप्रतिको आकर्षण बढ्दो छ । संसदको गठन विधि भर्खरै पूर्ण हुँदैछ । यो संसदले के गर्ला कसरी काम गर्ला आदि इत्यादि कुरा अहिले भन्न सकिँदैन तर जे हुन्छ, राम्रो हुन्छ । राम्रो गर्नका लागि सबैको सद्भाव र सद्प्रयास रहने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width