नयाँ बजेट

सम्पादक
जेठ १८, २०७७

१. सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि वजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा विहीबार १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड र पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड छुट्याएको छ । वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रहेको छ ।

२. उक्त बजेटको खर्च गर्ने श्रोत मध्ये राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड अनुमान गरिएको र त्यसमा ५ खर्ब २४ अर्ब ५० करोड न्यून छ । सो पूर्तिका लागि वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड र आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब श्रोत व्यवस्थापन गरिने जनाइएको छ ।

३. चालु आर्थिक वर्षको तुलनामा आगामी आ.व. को बजेट ३.८ प्रतिशतले घटेको छ । कोरोना बाट सिर्जना भएको विषम परिस्थितिका कारण बजेट कम बनाइएको हो । भोतिक पूर्वाधारतर्फ चालु आवको तुलनामा २४ अर्ब ७२ करोड घटाइएको छ । स्वास्थ्य र कृषिमा भने बजेट बृद्धि गरिएको छ ।

४. नयाँ बजेट अनुसार डिजेल पेट्रोल तथा सुनमा भन्सार बृद्धि र कोरोना विरुद्धमा अग्रभागमा खटिने बाहेकका सरकारी कर्मचारीको भत्ता कटौती गरिने भएको छ । स्वास्थ्यमा २१ अर्ब र शिक्षामा ८ अर्ब बढेको छ । कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लािग ६ अर्ब विनियोजन भएको छ । उपत्यकामा ३०० शैयाको सरुवा रोग अस्पताल बनाइने र प्रदेश राजधानीका सरकारी अस्पतालमा २५० आइसियू बेड विस्तार गरिने भएको छ ।

५. नयाँ बजेटमा विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा प्राथमिकता दिइएको देखिएको छ । कोरोनाका कारण देशमा भएको लकडाउनबाट ध्वस्त बनेको पर्यटन लगायतका उद्योग व्यवसायलाई उठाउन ठोस नीति नआएको भन्दै व्यवासायीहरु असन्तुष्ट बनेका छन् । कार्यक्रममा आएका कतिपय कुरा कार्यान्वयनमा जाँदा फितलो हुने गरेको पनि देखिन्छ । सिमान्तकृत जनतालाई सहुलियत प्रदान गर्ने तथा खानेपानी, पर्यावरण, पूर्वाधार विषयमा आएका कार्यक्रम सकारात्मक मानिएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width