धर्मगुरु पक्राऊ

सम्पादक
वैशाख २६, २०७५

१. गोली लागेर घाइते भएका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्रेर सार्वजनिक गरेको घटनाबाट यहाँ सबै स्तब्ध भएका छन्। चैत्र २५ गते राति धर्मगुरुमाथि गोली प्रहार भएको थियो। धर्मगुरुमाथि गोली प्रहार भएकोमा देशभरी त्यसको निन्दा गरिएको थियो र अपराधी पत्ता लगाई कडाभन्दा कडा कार्वाही गर्न माग गरिएको थियो। त्यो मागमा हामीले पनि समर्थन जनाएका थियौं।

२. प्रहरीले केही दिनको अध्ययन पछि त्यस घटनामा धर्मगुरु आचार्यका अंगरक्षक माधव चौधरी तथा गोली र पेस्तोलको व्यवस्था गर्ने लक्ष्मीराज अधिकारीलाई पक्रेको थियो। पक्राउ परेको उनीहरुको बयानले कसैले कल्पना नै नगरेको रहस्यको उद्घाटन भयो। जसको परिणाम प्रहरीले स्वयं धर्मगुरुलाई पक्रन बाध्य हुनुपर्‍यो।

३. धर्मगुरु आचार्य श्रीनिवास हिन्दूराज्य कायम गर्ने अभियानमा अथक परिश्रमका साथ लागिपरेका मध्ये एक हुन्। तर हिन्दूराज्य कायम गर्ने आन्दोलन सार्थक नभए पनि हिन्दू धर्मावलम्बी र धर्मगुरुहरुलाई निर्ण्ाायक आन्दोलनका लागि उक्साउन उनले त्यो काण्ड गर्न लगाएको प्रहरीले बताएको छ।

४. प्रहरीले सार्वजनिक गरेको तथ्य अनुसार धर्मगुरुले आन्दोलनका लागि उक्साउन आफ्नो हातमा गोली हान्न आफ्ना अंगरक्षकलाई निदेशन दिएको, पेस्तोल आफैले खोजेको र ७/८ दिनसम्म अंगरक्षकलाई तालिम समेत दिएका थिए। तर गोली हातमा नलागी छातीमा लागेको बताइएको छ। गोली लागेका उनी २१ दिनको उपचार पछि अस्पतालबाट निस्केका थिए।

५. सधैँ सत्यको लाइनमा लाग्नुपर्ने धार्मिक व्यक्तिले त्यस्तो जालझेलको प्रपञ्च रचेकामा धेरैले राम्रो मानेका छैनन्। धार्मिक व्यक्तिले नै झूठको खेती गर्दछन् र धर्ममा पनि सत्य नपाइने भएपछि सत्य खोजन कहाँ जाने भन्ने प्रश्न पनि तेस्र्याउने गरिएको छ। त्यसरी प्रश्न गर्नेहरुले आचार्यको त्यो हरकतलाई निन्दा गरेका छन्। यो घटनाले हिन्दू धर्मलाई नोक्सान पुर्‍याउने अनुमान गरिएको छ।

६. हिन्दू राष्ट्रका कट्टर हिमायतीहरु केहीले भने धर्मगुरु श्रीनिवासले हिन्दू राष्ट्र कायम गराउन आफ्नो ज्यानलाई हत्केलामा राखेर जुन खतरनाक काम गरे, त्यो अद्वितीय रहेको बताउन थालेका छन्। यस्तो घटना अन्यत्र पाउनु दुर्लभ छ । यस सम्बन्धमा थरीथरीका विचार आउन थालेका छन्।

७. उनले त्यो कार्य आफैले खतरा मोलेर गरेका भएतापनि त्यो राम्रो होइन। राम्रो लक्ष्य प्राप्तिका लागि राम्रै माध्यम अपनाउनु पर्दछ। त्यसमा पनि हिन्दू राष्ट्र अहिले विगत भइसक्यो। त्यसको लागि आन्दोलन गर्नु समसामयिक पनि हुँदैन। छलकपट र जालझेलबाट ल्याएको टिक्न पनि सक्दैन। पञ्चायतीकालको कालरात्रिमा त्यसैगरी संविधानमा हिन्दू राष्ट्र राखिएकोले त्यो नटिकेको हो। धार्मिक व्यक्तिहरुले यस्ता कुरा मनन गर्न सक्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width