धरहरा ठडियो, पीडितका घर कहिले ?

सम्पादक
वैशाख १३, २०७८

प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र दिवसको अवसर पारेर आइतबार काठमाडौंमा पुनर्निर्माण गरिएको धरहराको भव्य सभारोहबीच उद्घाटन गरेपश्चात त्यसले गरे के हुँदैन भन्ने भावनाको विकास गरेको छ । २०७२ सालको महाभूकम्पले भत्काएको ठाउँमा प्रधानमन्त्री ओलीले २०७४ साल फागुन ४ गते नयाँ धरहरा निर्माणका लागि शिलान्यास गरेका थिए । शिलान्यासको बेला उनले मेरो धरहरा मै बनाउँछु भन्ने अभियान नै चलाएका थिए । उनको त्यो अभियान पूरा त भएन तर धरहरा निर्माण भएकोमा भने नेपालीहरु खुसी भएका छन् । २०७२ सालको महाभूकम्पले ११ तले धरहरा भत्काएको थियो भने २२ तले धरहराको पुनर्निर्माण भएको छ । यत्ति छिट्टै धरहरा बन्ने अनुमान धेरैले गरेका थिएनन् । धरहराको काम त पूरा भएको छैन तर त्यो उद्घाटनयोग्य भने भएको छ ।

धरहराको निर्माणले मेरो धरहरा मेरो गौरव भन्ने भावनाको विकास गरेको छ । यसको निर्माणबाट अरु सम्पदाहरुको निर्माण कार्यमा गति थपिने अनुमान गरिएको छ । यसको निर्माण कार्यमा लागेका व्यक्ति, कम्पनीलाई प्रधानमन्त्री ओलीले तिनीहरुको कार्यको प्रशंसा गरेर प्रशंसापत्र प्रदान गरेका छन् । उनले धरहराको धेरै वर्णन गर्दै यो कहिल्यै नभत्किने गरी बनाइएकोसमेत भनेका छन् । उनले आफ्नो उद्घाटन भाषणमा पुरानो धरहरा भत्केर ज्यान गुमाएका परिवारको १ जनालाई धरहरामा रोजगारी दिने पनि घोषणा गरेका छन् ।

सरकारले २०७२ सालको महाभूकम्पले भत्काएको भौतिक संरचनाहरु ५ वर्षभित्र पुनर्निर्माण गरिसक्ने लक्ष्य निर्धारण गरेको थियो । निर्धारत अवधिमा त काम पूरा भएन । तर अहिले धेरै सम्पादकहरुको भौतिक संरचना पूरा हुने क्रममा छन् । केही हप्ता पहिले मात्रै राष्ट्रपति विद्या भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी थिइन् भने अब केही हप्तामा काठमाडौंको ऐतिहासिक गरिमाको रुपमा रहेको काष्ठमण्डपको काम पनि पूरा हुँदै छ । धेरै सम्पदाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उद्घाटनका लागि सधैं तत्पर रहने प्रधानमन्त्री ओलीको लािग यो अनुकूलको वातावरण भएको छ । बडो तामझामका साथ धरहरा उद्घाटन भइरहँदा र सम्पदा निर्माण भइरहँदा सर्वसाधारणका घर टहरा भने अझै ठडिन सकेका छैनन् । यसले सरकारको प्राथमिकता प्रष्ट पारेको छ । क्षति भएका घरधनी कतिपय लाभग्राहीको सूचीमा पर्न सकेका छैनन् । तथ्यांक संकलनमै त्रुटि रहेको गुनासो पनि नआएको होइन । दलीय आस्थाका आधारमा नाम राख्ने र काट्ने काम भएको छ । धरहरासँगै भूकम्प पीडितहरुको मन पनि ठडिनु जरुरी छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width