दुई पार्टीको सम्झौता र आशंका

सम्पादक
असाेज १०, २०७६

१. सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनफिङको आसन्न नेपालभ्रमणलाई महत्वपूर्ण र अविस्मरणीय पार्न धेरै प्रयास गरिरहेका छन्। ती मध्ये नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच यो साता भएको दुई दिने वैचारिक अन्तक्र्रिया र त्यसको समापनमा गरिएको दुई दलको सम्झौता पनि हो।

२. सम्झौतामा नेकपाका विदेश विभाग प्रमुख माधव नेपाल र चिनीया कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विदेश विभाग प्रमुख सोङ ताओले हस्तक्षर गरेका छन्। सम्झौतामा दुई देशको उच्चस्तरीय भ्रमणको आदान प्रदान, कार्यकर्ता तहको अध्ययन भ्रमण, अनुभवमा आधारित सहयोग, युवा र स्थानीय नेताबीच भ्रमण, जनस्तरको सम्बन्ध अभिवृद्धि र विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम छन्।

३. सम्झौताबाट नेकपाका अधिकांश नेताहरु उत्साही भएका छन्। तर अरु पार्टीका नेताहरु सशंकित छन्। अन्तरक्रिया भनिएता पनि चीनको तर्फबाट मात्र कार्यक्रम प्रस्तुत गरिएकोले विचारको आदान–प्रदान भनिएतापनि आदान हुने प्रदानको नाममा प्रशंसाको कुम्लो मात्र जाने अनुमान गरिएको छ। त्यसबेला हाम्रा नेताहरुले जे जसरी सी विचारधाराको प्रशंसा गरे त्यसमा चाकडीको शैली प्रतिबिम्बित थियो।

४. वि आर आइ भर्खरै शुरु भएको कार्यक्रम हो। त्यसको सफलता र असफलताबारे अहिले नै केही भन्न सकिँदैन। तैपनि तिनीहरुको त्यो प्रवृत्ति देख्दा सञ्चार माध्यमले कतै “चीनतिर ढल्कियो नेपाल” कतै “कोल्टे फेर्दै नेपाल” त कतै “सी विचारधाराको नेपाल परीक्षण” शीर्षकमा आफ्नो समाचार संप्रेषण गरेका छन्।

५. सत्तारुढ ती दुई पार्टी बीचको सम्झौताले सरकारको नीति निर्धारणमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ। विशेषतः सरकारलाई असंलग्न, स्वतन्त्र परराष्ट्र नीतिमा रहिरहन अप्ठ्यारो हुने आशंका गरिएको छ। अहिले पनि हाम्रो परराष्ट्र नीतिमा अरुले शंका गर्ने र बारम्बार प्रष्टपार्न आग्रह गरिरहेको यथार्थ सबैको सामु छ।

६. अर्को एउटा शंका लगानीका सम्बन्धमा छ। लगानीका लागि प्रधानमन्त्री के.पी.ओलीले विश्वमा जहाँ गए पनि अनुरोध गर्दैछन्। तर लगानीकर्ताहरु वातावरण अनुकूल नभएको भन्दै नेपाल आउन हिच्किचाई रहेको अवस्था छ। यो सम्झौता र सम्झौताले फैलाएको हल्लाले लगानीकर्ताहरुमा कस्तो प्रभाव पर्ने हो, त्यो निकट भविष्यमा देखिनेछ।

७. दुई पार्टीका बीच सम्झौता हुनु नराम्रो होइन, यसलाई अन्यथा सोच्नु हुँदैन। तर त्यो सम्झौता हाम्रो आन्तरिक मामिलामा हस्तक्षेपको कारण बन्नु हुँदैन। त्यसले हाम्रो असंलग्न, स्वतन्त्र परराष्ट्र नीतिमा अवरोध आउनु हुँदैन, हाम्रो लगानीको बाटोमा अवरुद्ध गर्न हुँदैन र त्यसबाट हाम्रो नेपाली स्वाभिमानमा किंचित पनि आँच आउनु हुँदैन। यसमा सरोकारवालाहरु सबै चनाखो हुनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width