दाताहरू चिन्तित

सम्पादक
माघ ११, २०६९

१. विश्व बैड्ढले आफ्नो सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूको प्रगति सुस्त रहेको टिप्पणी गर्दै नेपालले त्यस बैड्ढबाट प्राप्त गर्नुपर्ने रकम लिन नसकेको कुरा बाहिर आएपछि मानिसहरू स्तब्ध भएका छन्। बैड्ढले विकास निर्माणको अवस्था दयनीय भएको कुरा अर्थ मन्त्री वर्षमान पुन र अर्का सचिव शान्तराज सुवेदीलाई बताएको छ।

२. बैड्ढले सरकारलाई करिब २५ अर्ब रुपैयाँ शोधभर्नामार्फत प्रदान गर्ने लक्ष्य राखेको छ। आर्थिक वर्षको आधा अवधि बितिसक्दा सरकारले जम्मा २० करोड लिन सकेको जनाएको छ। सरकारले निर्धारण गरेको आयोजनामा जति खर्च गर्दछ, त्यति नै रकम बैड्ढले शोधभर्ना दिने गर्दछ। त्यस बैड्ढको सहयोगमा डेढ दर्जन आयोजना निर्माणाधीन अवस्थामा छन्।

३. एकातिर प्रधानमन्त्री डा. बाबुराम भट्टराई आर्थिक वृद्धिदर दोहोरो अड्ढमा पुर्‍याउने कुरा गर्दछन्। अकोर्तिर दाताहरूले दिने भनेको रकम लिन सक्दैन। नेपालले अहिले गरिरहेको प्रगति देखेर दाताहरू नै चिन्तित भएका छन्। दाताहरूले नै यो सरकारलाई काम गर्न घच्घच्याउनुपर्ने भएको छ। विश्व बैड्ढका राष्ट्रिय निर्देशक हलेन गोल्ड स्टेन चिन्तित भएकी छन्।

४. सरकारले अनावश्यक सपना बाँड्ने गरेका छन्। त्यसले कहिले लोडसेडिङ १३ घण्टाभन्दा बढी गर्न नदिने प्रचार गर्‍यो। तर अहिले दैनिक १४ घण्टाको लोड सेडिङको मार खेप्नुपरिरहेछ। भारतबाट २०० मेगावाट बिजुली आयात गर्ने भनियो, त्यो पनि गर्न सकेन। अहिले त झन आयातित बिजुलीको मात्रा पनि कम भएको छ।

५. सरकारले अरुले दिएको रकम लिन सकेको छैन। तर यही सरकारले २०१२/१३ लाई लगानी वर्ष घोषणा गरी विदेशी लगानीको खोलो बगाउने कुरा जनतालाई सुनाउने गरेको छ। लगानी वर्षको एक वर्ष बितेको छ। तर कति लगानी भित्रियो, त्यसको मूल्याड्ढन शायद त्यो सरकारले गरेको छैन। सरकार मूल्याड्ढन गर्ने पक्षमा पनि छैन। किनभने यो पूरा गर्नलाई घोषणा गरेको पनि होइन। जनताको आँखामा छारो हाल्ने काम मात्र गरेको छ।

६. लगानी भित्र्याउने त के कुरा मानव अधिकार हनन् गरेकालाई कारबाही नगरेको आरोपमा कतिपय दाताहरूले सहयोग रोक्ने समेत विचार गरिसकेका छन्। तर सरकार कसैको कुरा सुन्ने पक्षमा छैन। जसले जे गरोस्, जे भनोस् त्यो कुरा सरकारलाई मतलव छैन। सरकार टिकाउने एक मात्र दाउ अहिले यो सरकारले गरिरहेको छ।

७. देश जे जस्तो भए पनि आफै सरकारमा रहिरहनुपर्दछ भन्ने प्रधानमन्त्रीको जुन उद्देश्य रहेको छ, त्यो घातक छ। प्रधानमन्त्रीको त्यो घातक उद्देश्यले देशको राजनीति मात्र बिगारेको होइन, आर्थिक स्थिति पनि तहसनहस पार्दैछ। दाताहरूले विकासको गति बढाऊ, सम्झौता भएको रकम लेऊ भन्नुपर्ने स्थिति आउनु दुर्भाग्य हो। यस्तो दुर्भाग्यपूर्ण स्थि लेखनाथ महोत्सवमा यसपटक पनि कपल डान्स हुने

लेखनाथ, १० माघ।यही माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने नवौं लेखनाथ महोत्सव २०६९ मा विशेष कार्यक्रमको रूपमा यसपटक पनि जोडी नृत्य गण्डकी तारा हुने भएको छ।

महोत्सवको थप आकर्षणका रूपमा जोडी नृत्य गण्डकी तारा -केटाकेटी जोडी नृत्य) आयोजना गरिएको हो।

साथै विजेतालाई ४० हजार रुपैयाँका साथमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको स्टेज व्यवस्थापन उपसमितिका संयोजक नेत्रपाणि बास्तोलाले जानकारी दिए।  स्टेज व्यवस्थित बनाउन विभिन्न रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय लोक नृत्य, तारापुञ्ज, दोहोरी कार्यक्रम, हास्यव्यङ्ग्य, लाइभ पप कर्न्र्सट र रत्यौली कार्यक्रम साथै अन्य आकर्षक कार्यक्रम गरिने जनाइएको छ।

यस्तै, लेखनाथ महोत्सव २०६९ अन्तर्गत गठित कृषि प्रदर्शनी उपसमितिको बैठक समितिका संयोजक दयाराम तिवारीको अध्यक्षतामा बुधबार सम्पन्न भयो। लेखनाथ महोत्सवको थप आकर्षणका रूपमा कृषि प्रदर्शनी रहने र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने तथा लेखनाथ महोत्सवको प्राथमिकताको रूपमा रहेको कृषि प्रदर्शनीलाई प्रभावकारी र व्यवस्थित बनाउने निर्णय बैठकले गरेको छ।

तिको छिटोभन्दा छिटो अन्त गरिनुपर्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width