१. हाम्रो देशमा जातीय विभेद र छुआछुत विरुद्धमा जतिसुकै ऐन कानून र नीति नियम बनाएता पनि त्यो विभेद र छुआछुत प्रथा हटेका छैनन्। गाउँघर र अशिक्षित समाजमा मात्र होइन, शहर बजार र शिक्षित, प्रशिक्षित र दीक्षितहरु जसले आफूलाई आधुनिक भन्दै परिवर्तनका संवाहक भन्न रुचाउँछन्, उनीहरुले पनि भेदभाव गर्ने गरेका छन्।
२. धारापानी, कुवामा, देवदेवीको मन्दिरमा तथा साझा भोजभतेरमा जातीय विभेद गरेको बराबर सुन्नमा आउँछ। तर कहिलेकाहीँ त शहर बजारको अस्पतालमा पनि जातीय विभेदको विवाद भएको समाचार आउने गरेको छ। त्यस्तो विवादले जातीय विभेद र छुवाछुत प्रथा कति गहिरो गरी हाम्रो समाजमा रहेको छ भन्ने देखाउँछ।
३. यो जातीय विभेद र छुवाछुत प्रथा हाम्रो धर्म, संस्कार, संस्कृति र परम्परासँग सम्बन्धित छ। त्यसरी परम्परासँग जोडिएर रहेको कुरा सामान्य हिसावले हटाउन खोजेर हट्दैन। हाम्रो ऐन कानूनले निश्चय नै हटाउन खोजेका छन् तर त्यही अनुसार अन्यत्र संशोधन, परिवर्तन र त्यो खारेज गरिएको पाइँदैन। जसको कारण बराबर विवाद हुने गरेको छ।
४. दलित, पीडित एवं अपेक्षित वर्गका दयनीय एवं पिछडिएको अवस्थालाई महसुस गरेर संविधानले उनीहरुलाई केही सुविधा र अवसर प्रदान गरेको छ। सरकारी सेवा, निर्वाचन लगायतको क्षेत्रमा आरक्षणको व्यवस्था गरेको छ। त्यस अनुसार उनीहरुमध्ये केहीले अवसर पाएका छन् र केही ठूला मान्छे पनि भएका छन्। त्यसो भएता पनि त्यो जातीय एवं छुआछुत भावना भएको छैन।
५. केही संघ संस्थाहरु उनीहरुलाई सहारा दिँदै उनीहरुको आर्थिक, सामाजिक उन्नति र विकासमा लागिपरेका छन्। त्यसरी लागिपर्नेमा नेपाल पत्रकार महासंघ पनि एक हो। महासंघले आफ्नो विधानमा दलित, पिछडिएका, जनजाति, आदिवासी, महिला वर्गको प्रतिनिधित्व सुनिश्चित गरेको छ। उनीहरुको उत्थान र विकासका लागि राष्ट्रिय सम्मेलन पनि गर्ने गरेको छ।
६. त्यही क्रममा महासंघको आयोजना तथा पाल्पा शाखाको आतिथेयमा तानसेनमा १४ गते दलित पत्रकारहरुको राष्ट्रिय भेला हुन गइरहेको छ। दलितहरुको हक, अधिकार सुनिश्चित गर्ने र उनीहरुको मुद्दा उजागर गर्ने उद्देश्यले आयोजित राष्ट्रिय भेला महत्वपूर्ण छ। भेलामा २०० जना सहभागी हुने अपेक्षा गरिएको छ।
७. भेलामा सहभागीहरुले आफ्ना हक अधिकारको कुरा राम्ररी उठाउनु पर्दछ। वर्तमान अवस्थाको राम्ररी मूल्यांकन गरेर ऐन कानूनको प्रयोगमा जोडबल दिनु पर्दछ। पत्रकार राष्ट्रको चौथो अंग भएकोले दलित पत्रकारले अरु महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ। भेला पश्चात् जारी हुने घोषणापत्रलाई कार्यान्वयन गर्न तथा त्यसको निगरानी र पैरवी गर्नमा पनि सञ्चारकर्मीहरुको भूमिका सधैं अपेक्षित रहन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१