दण्डहीनताको अन्त्य गर

सम्पादक
मंसिर ९, २०७६

१. पत्रकारहरुले आवाजविहीनहरुको आवाज सुनेर काम गर्नुपर्दछ। समाजमा व्याप्त भ्रष्टचार, अनियमितता, अन्याय, अत्याचारको विरोधमा लेख्नु पर्दछ र बोल्नु पर्दछ। उनले ती काम गर्दा आफ्नो ज्यान जोखिममा राख्नु पर्दछ। त्यसरी ज्यान जोखिममा राखेर काम गर्दा मारिन पनि सक्दछ, मारिन्छ पनि।

२. तर त्यसरी मारिँदा पनि पीडित पक्ष पत्रकारलाई न्याय दिलाइएको हुँदैन। यस्तो घटना धेरै भएका छन्। नेपालमा मात्र होइन, विश्व भरिका पत्रकारहरु शोषित पीडित छन्। त्यस्ता अपराधीलाई उचित दण्ड दिइदैन। त्यसैले आजको दिनमा “विश्व अन्तराष्ट्रिय दण्डहीनता दिवसका” रुपमा मान्नु परेको हो। नेपाल पत्रकार महासंघले पनि देशभर यो दिवस मान्ने जनाएको छ।

३. महासंघको अभिलेख अनुसार नेपालमा २०५२ देखि शुरु भएको सशस्त्रद्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकारहरु मारिएका छन् भने ५ जना पत्रकार वेपत्ता अवस्थामा छन्। त्यसबेला यातना भोगेका र धम्कीको सामना गरेका पत्रकारको संख्या अत्यधिक छन्।

४. मारिएका ३७ जना पत्रकारमध्ये जम्मा ५ जना पत्रकारको हत्यामा संलग्नलाई कार्बाही गरी पीडित पक्षलाई न्याय दिलाइएको र ४ जनाको न्यायिक प्रक्रियामा रहेको महासंघले जनाएको छ। अरुको हकमा कुनै प्रभावकारी कार्बाही अघिबढ्न सकेको छैन। जसको कारण पीडितपक्षले न्याय पाउन सकेको छैन।

५. महासंघको अभिलेख अनुसार नेपालमा २०७४ सालमा ६३ ओटा र २०७५ मा ६० ओटा प्रेस स्वतन्त्रता हननका घट्ना भएकाछन्। २०७६ सालको शुरुदेखि हालसम्म २६ ओटा प्रेस स्वतन्त्रताका घटना घटेका छन्। त्यस्ता घटनमा पत्रकारले धम्की, दुव्र्यवहार र आक्रमण सहनु पर्दछ भने कहिलेकाहीँ समाचार संकलनमा अवरोध सिर्जना गर्ने गरिएकोछ।

६. पत्रकारलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने गरिएको पनि धेरैले भोगेका छन्। पत्रकारहरु सरकारको नजरमा आँखाका कसिङ्गर जस्ता भएका छन्। पत्रकारहरुलाई व्यवस्थित गर्ने नाममा पत्रकारको घाँटी अठ्याउने प्रयास भइरहेका छन्। २/४ जना पत्रकारले पत्रकारको सीमा उल्लङ्घन गरे भन्दैमा सबै पत्रकारको मुखमा ताला लगाउन खोज्नु उचित हुँदैन। यसमा सरकार गम्भीर हुनुपर्दछ।

७. पत्रकारहरु हिजोभन्दा आज धेरै संयमित र जिम्मेवार भएकाछन्। सरकार र अन्य पक्ष पनि उत्तिकै सहयोगी हुनु पर्दछ। विशेषतः सरकारी पक्ष अझै सहयोगी हुनुपर्दछ र कतैबाट पत्रकारहरुमाथि धम्की दुव्र्यवहार आदि भएमा सरकारले उनीहरुलाई तुरुन्त दण्ड दिन सक्नु पर्दछ र स्वतन्त्र पत्रकारको प्रवद्र्धनमा सघाउ पुर्याउनु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width