१. आज नेपालमा दक्षिण एशियाली खेलकूदको तेर्हौ संस्करण शुरु हुन गइरहेको छ। काठमाण्डौंको दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले एक विशेष समारोहका बीच यसको भव्य समुद्घाटन गर्नुहुने भएको छ। आयोजकहरुले त्यसको तयारी पूरा भएको जनाएका छन्।
२. नेपालका लागि यो दक्षिण एशियाली खेलकुदको आयोजना गर्नु एउटा चुनौतीको विषय थियो। हाम्रो रंगशालाको अवस्था राम्रो थिएन। त्यसमा पनि गोरखा महाभूकम्पले रंगशालालाई नराम्ररी असर पारेको थियो। अब त्यसलाई मर्मत मात्र गर्ने कि पूरै संरचना फेर्ने भन्ने समस्या पनि उस्तै थियो।
३. काठमाण्डौंको दशरथ रंगशाला मात्र होइन, आयोजनाको केही खेलहरुको प्रतियोगिताका लागि निर्धारित पोखरा रंगशालाको अवस्था पनि राम्रो थिएन। दशरथ रंगशाला र पोखरा रंगशाला दुबै पूरै भत्काएर बनाउनु पर्ने अवस्था थियो।
४. आयोजकहरुले दुबै रंगशाला भत्काएर बनाउने निर्णय गरेका थिए। दूरगामी सोचका लागि त्यो निर्णय उचित थियो। तर त्यसको लागि बजेट आदिको व्यवस्था गर्नु ठूलो कुरा थियो। अझै पनि खेलकुदलाई त्यति महत्व नदिएको अवस्थामा ठूलो मात्रामा रकम निकासा हुनु आफैमा महत्वको कुरा हो।
५. धेरै प्रयास पछि रात दिन निमार्ण गरेर दुवै रंगशालाहरु तयारी अवस्थामा छन्। त्यसरी तयारी हुनु आफैमा ठूलो कुरा हो। दशरथ रंगशालामा उद्घाटन समारोह हुन गइरहेको छ। त्यसैले आजको दिन खेल र खेलप्रेमीहरुका लागि मात्र होइन देशकै लागि महत्वको कुरा भएको छ।
६. प्रतियोगिता भन्नासाथ हार र जीतको कुरा हुन्छ। स्वर्णपदक लगायतका कुरा पनि हुन्छन्। कुन देशले के कति तक्मा हासिल गर्दछन् त्यो सबैको चासोको विषय हुन्छ। खेलाडी र खेलप्रेमीहरुले त्यसको अड्कलबाजी शुरु गरिसकेका छन्। जुन स्वभाविक पनि छ।
७ . आयोजक राष्ट्र भएको नाताले नेपालले के कति खेलमा के कस्तो तक्मा पाउला भन्ने प्रश्न पनि छ। नेपालीहरुले खेलाडीहरुबाट धेरै आशा अपेक्षा गरेका छन्। घरेलु मैदानमा खेल्नु अनुकूल पनि मानिन्छ। त्यो जे भए पनि हाम्रो पहिलो काम प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु नै हो। खेलाडीहरुले यहाँ कुनै बाधा अवरोध र अप्ठेरोको सामना गर्नु नपरोस् उनीहरुको नेपाल बसाइ सुखद होस्, यसमा हामीले प्रयास गर्नु पर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१