तालको घोषणा-पत्र

सम्पादक
जेठ २, २०७५

१. पोर्चेरामा फेवातालको मापदण्ड, त्यसको वातावरण र पर्यावरणका सम्बन्धमा धेरै चासो र चिन्ता व्यक्त भइरहेको बेला यहाँ अन्तर्राष्ट्रिय ताल सम्मेलन भएको छ। राष्ट्रिय ताल संरक्षण समितिले आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, जापान, श्रीलंका, चीन, बंगलादेश, म्यानमार लगायतका दुर्इ सय पचास जनाले सहभागिता जनाएका थिए।

२. अन्तर्राष्ट्रिय सम्मेलनमा ख्यात्रि्राप्त ताल विज्ञहरुले सहभागिता जनाएको हुनाले पनि यो सम्मेलनको ठूलो महत्व बढेको अनुभूत गरिएको छ । सम्मेलनले पाँच बुँदे पोर्चेरा घोषणापत्र सार्वजनिक गरेको छ। जसमा ताल विकास, त्यसको संरक्षण सर्म्बर्द्धनका लागि जोड दिइएको छ।

३. पोर्चेरा घोषणापत्रमा तालको विकास, विस्तार, संरक्षण र सर्म्बर्द्धनका लागि गठित राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिहरुले तालको दिगो विकास र समृद्धिका लागि आपसमा हातेमालो गरेर, एक आपसमा सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन्। त्यस्तो सहकार्य रहेमा तालको दिगो विकासमा सहयोग पुग्ने बताइएको छ।

४. दोस्रो बुँदामा ताल र तालका स्रोत बुद्धिमत्तापूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिँदै हरेक प्रदेशमा नमू

ना परियोजनाको विकास गर्ने उल्लेर्चे छ। त्यसको साथै अको बुँदामा सम्पूर्ण पर्यावरणीय क्षेत्रको प्रतिनिधित्व गर्ने र तालको समष्टिगत जोखिमको अध्ययन गरी खास योजना तैयार गरी लागु गर्नेछ भनिएको छ।

५. घोषणापत्रमा ताल तथा तालका स्रोतको सुधारयुक्त व्यवस्थापनका लागि सरकारी, गैरसरकारी संघसंस्था र समुदायको सहसम्बन्ध स्थापना गर्न राष्ट्रिय सहयोग संयन्त्र सबलीकरण गर्ने उल्लेर्चे छ। तर ती सम्बद्ध संस्थाहरुको सह-सम्बन्ध र संयन्त्रको सबलीकरण कसले गर्ने भन्ने कुरा यसमा खुलाइएको छैन।

६. अन्तिम बुँदामा कार्यमुखी अनुसन्धानका लागि युवा अनुसन्धानकर्तालाई सहयोग गर्ने विशेष अनुदान योजना स्थापना गर्ने उल्लेर्चे गरिएको छ। तालको संरक्षण र सर्म्बर्द्धनका लागि विशेषज्ञ सम्मिलित अन्तर्राष्ट्रिय समितिले महत्वपूर्ण घोषणा गरेको छ, यो मान्नु पर्दछ।

७. यी सबै महत्वका छँदाछँदै पनि सम्मेलनले पोर्चेराको फेवातालको लागि विशेष केही दिने छ कि भनी सर्वसाधारण पोर्चेरेलीहरुले अपेक्षा गरेका छन्। पोर्चेरामा भएको अन्तर्राष्ट्रिय सम्मेलनले पोर्चेरमा नै भएको फेवाताल जुन मापदण्डको चेपुवामा परेको छ, वनस्पतिका मिचाहा जातका प्रजाति, भूक्षय, जलवायु परिवर्तनका कारण जोखिममा परेको छ, त्यसको लागि सम्मेलनले विशेष प्रबन्ध गरेको भए, त्यो हाम्रो लागि ठूलो कुरा हुने थियो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width