डा.के.सीको स्वागत योग्य कदम

सम्पादक
कार्तिक २८, २०७६

१. चिकित्सा शिक्षा ऐन संशोधन सहितका सातबुँदे मागअघि सारेर एक हप्ताभन्दा बढी समय आमरण अनशनमा रहेका डा. गोविन्द के.सी.ले अकस्मात् अनशन तोडेका छन्। उनले आफूले अनशन तोड्नु परेको कारणमा देशमा देखिएको राष्ट्रियएकताको लहरमा आफू पनि सम्मिलित भएको बताएका छन्।

२. अनशनमा रहँदा उनको स्वास्थ बिग्रदै गएको र पश्चिममा औषधोपचारको उचित व्यवस्था नभएको भन्दै सरकारले उनलाई काठमाडौं ल्याउन हेलिकप्टर पठाएको थियो तर उनी मानेनन् र स्थानीय जनताले पनि बजार हड्ताल समेत गरेर काठमाडौं जान दिएनन्। अघिल्लो दिन त्यस्तो भएको थियो भने पछिल्लो दिन उनले अकस्मात् हड्ताल तोडे।

३. उनले त्यसरी हड्ताल तोडेकामा सकारात्मक कदमका रुपमा लिइएको छ। भारतले हालै प्रकाशित गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो भनी अंकित गरेपछि नेपालमा त्यसको तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। प्रतिपक्षी पार्टीका नेताहरुले समेत ऐक्यबद्धता जनाएर सरकारलाई साथ दिएका छन्।

४. सरकारले पनि सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएर सबै पक्षको विचार सुनेको छ। राष्ट्रिय एकताको अभूतपूर्व लहर देखा परेको छ। सम्बन्धित विषयविज्ञहरु, पूर्व प्रशासकहरु लगायतका प्रबुद्ध वर्गहरु कालापानीको त्यो क्षेत्र नेपालको हो भन्नेमा एकमत छन्। ती सबैले आ–आफ्नै किसिमले तर्क र प्रमाणहरु प्रकट गरिरहेका छन्।

५. भारतसँग वार्ता गर्न सरकारका लागि राम्रो वातावरण सिर्जना भएको छ। एक त यो सरकार आफै दुई तिहाइ बहुमतको छ भने अकोर्तिर सम्पूर्ण जनता नै सरकारको साथ छ। यो विवादलाई उत्तेजनामा नल्याई शान्तकूटनीति मार्फत बुद्धिमत्तापूर्वक सुल्झाउन आवश्यक छ।

६. कुनै बेला विश्वको सवोर्च्च शिखर सगरमाथा सम्बन्धमा नेपाल र चीनको विवाद भएको थियो। दुवैले सगरमाथालाई आफ्नो भनी दाबी गर्ने गरेका थिए। प्रश्न पनि विश्वको सवोर्च्च शिखरको थियो, ठूलो प्रतिष्ठाको कुरा थियो। तैपनि तात्कालीन प्रधानमन्त्री वी.पी.कोइरालाको सुझबुझ र बुद्धिमत्तापूर्वक छलफल र वार्तालापले गर्दा चीनले नेपालको नक्सा स्वीकारेको थियो र सगरमाथा सधैंका लागि नेपालको भयो। संवादमा कस्तो विवाद कसरी टुङ्गाउने भन्ने पनि तरिका र ‘कला’ हुन्छ। त्यो तरिका त्यो कला ज्यादै महत्वपूर्ण हुन्छ।

७. विगतका यस्ता कुराहरुबाट पनि केही सिक्नु पर्दछ। प्रमाणहरु जुटाउनु पर्दछ। प्रमाणहरु शालीनतापूर्वक पेश गर्नुपर्दछ। सरकारले धेरै गृहकार्य गर्नुपर्दछ। आवश्यक परे विपक्षी नेताहरु, विषयविज्ञहरु सबैलाई नजिकमा राख्नु पर्दछ। देशको यस्तो स्थितिमा डा.गोविन्द के.सी.ले अनशनतोड्नु स्वागत योग्य कुरा हो। यस्तो बेलामा हामी सबैको सथा र सहयोग पूर्ण रुपमा सरकारसँग छ भन्ने देखाउनु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width