ठगीधन्दा समाप्त पार

सम्पादक
जेठ १०, २०८०

नेपाललाई नक्कली भुटानी बनाएर विदेश पठाउने प्रकरणको प्रतिवेदन प्रहरीले भर्खरै पूरा गरेर सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सिंगो राजनीतिक पार्टी र पार्टीका नेताहरूलाई समेत हल्लाउने गरी आएको प्रहण सेलाउन नपाउँदै राजवंशी प्रकरण बाहिर आएको छ । समाचारअनुसार अजय राजवंशी भन्नेले जापानमा राजवंशीहरूका लागि कोटाको बन्दोबस्त भएको छ भन्दै आउन चाहनेहरूले तयारी गर्नु भन्ने सूचना आफ्नाहरूलाई पठाए । जापान जाने भनेपछि कोमात्र तयार नहोला र ? उनका आफन्तहरूले यताउता पैसा खोज्दै उनको खातामा लाखौं रकम जम्मा गरेर विशेष प्याकेजको रुपमा प्रस्ताव गरिएको राजवंशी कोटाले कोशी प्रदेशका राजवंशीहरूमा सनसनी उत्पन्न गर्‍यो । यसलाई उनीहरूले ठूलो अवसर सम्झे ।

नेपालीहरू बाहिर जान भनेपछि केकसरी हुरुक्क हुन्छन् भन्ने कुरा यो प्रकरणले पनि देखाएको छ । त्यस क्षेत्रका राजवंशीहरूले यसलाई ठूलो अवसर ठानेर यताउताबाट ऋण दिँदै पैसा जम्मा गरे । ५ वर्षअघि जापान गएका निज अजय राजवंशीले पैसा कमाएको वरपर छरछिमेकीहरूले नदेखेका होइनन् । उनको त्यो रहनसहन आदिले विदेश जान चाहने सबैलाई लोभ्याएको थियो । फेरि उनी राजवंशी सन्तान भएकाले विश्वास गर्ने बाटो पनि बनेको थियो । तर ती सबैको विश्वासले त्यो बेला धोका खायो जब अजय राजवंशीले त्यो कुनै आधारै नबनाएर गरेको प्रस्ताव भनेर थाहा पाए । समय बितेर पनि खातामा रकम जम्मा गरेकाहरू जापान जान पाएनन् । अनि उनीहरूले प्रहरीमा उजुरी गर्न सुरु गरे प्रहरीले उनलाई पक्रेपछि उनको सबै षड्यन्त्र पर्दाफास भयो ।

विदेश पठाउने नाममा ठगहरूको पञ्जामा परेका तिनीहरूमात्र होइनन् । सयौं मानिसहरू ठगिएका छन् । तिनीहरूमध्ये धेरैले उजुरीसमेत गर्दैनन् । उजुरी गरेर आफ्नो गुमेको पैसा आउँछ भन्नेमा तिनीहरूले विश्वास गर्दैनन् । १/२ जनाको कुरा प्रशासनले त्यसरी सुन्दैन पनि । अब समयले कोल्टे फेरेको छ । प्रहरी प्रशासन यस सम्बन्धमा चनाखो भएको अवस्था छ । ठगीमा परेकाहरूले पनि अब निर्धक्कका साथ बाहिर आएर उजुरी गर्न सक्नुपर्दछ । त्यसरी ठगीमा परेको आफू एक्लै हो भन्ने सम्झनु हँुदैन । एक्लै भए पनि न्यायको लागि लड्नुपर्छ । ठगी धन्दालाई समाप्त पार्ने प्रयास गर्नुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width