जातीय विभेदको घटना

सम्पादक
जेठ १५, २०७७

१. जाजरकोटमा जेठ १० गते भएको जातीय विभेदको घटनाले मानवीय एकताको भावनालाई नराम्ररी चोट पुर्‍याएको छ । उक्त घटनामा तीन जनाले ज्यान गुमाएका छन् भने अरु तीन जनाको स्थिति अज्ञात रहेको छ । हराएकाहरुको खोजी भइरहेको छ ।

२. प्राप्त जानकारी अनुसार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, की १७ वर्षिय सुष्मा मल्ललाई भगाई ल्याउन जाजरकोट, भेरी नगरपालिका–८ का २१ वर्षिय नवराज विक सहितको १९ जनाको समुह सोती पुगेको अवस्थामा भएको झगडा पछि उक्त घटना भएको थियो । विवादमा केटी पक्षकाले केटा पक्षकालाई भेरी नदी तर्फ लखेटेका थिए । त्यसक्रममा भेरीनदीमा नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ । घटनामा घाइते सुदीप खड्का उपचारपछि घर फर्केका छन् ।

३. युवती, उनका आमावुवा, स्थानीय जनप्रतिनिधि र घटनामा संलग्न भनिएका सहित १२ जनालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । गृहमन्त्री रामबहादुर थापाले सामाजिक सद्भाव र जातीय सद्भाव कायम राखि शान्ति सुरक्षा मजवुत बनाई राख्न जाजरकोट र रुकुम पश्चिम प्रहरी प्रशासनबाट समन्वयात्मक कार्य भईरहकेो संसदलाई जानकारी दिएका छन् । घटनाको निष्पक्ष रुपमा छानविन गर्न सांसदहरुले आवाज उठाएका छन् ।

४. सरकारले जाजरकोट घटनाको छानविनको लागि पाँच सदस्यिय समिति गठन गरेको छ । गृहमन्त्रालयका सह–सचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उप–सचिव सदस्य रहने गरी समिति गठन गरिएको छ । एक महिना भित्र प्रतिवेदन पेश गर्न समितिलाई अख्तियारी दिइएको छ ।

५. अन्तरजातीय विवाहको विषयलाई लिएर भएको उक्त अमानवीय भटनाले सबैलाई दुःखित बनाएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानूनी दायरतामा ल्याएर कारवाही गर्नु पर्दछ । उक्त घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई उचित क्षतिपुर्ति दिलाउनु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width