१. नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्य समितिले हिमाल, पहाड, तराई, मधेश, नेपाली कांग्रेसको जागरण अभियानको मूल नारा दिएर संचालन गरिएको जागरण अभियान शनिबार सम्पन्न भएको छ। सो जागरण अभियान केन्द्रीय कार्यालयले देशको ७७ ओटै जिल्लामा एकसाथ संचालन गरेको थियो।
२. सो अभियान संचालनका लागि केन्द्रीय कार्यालयले केन्द्रीय नेताहरुलाई जिल्लाहरुमा पठाएर परिचालन गरिएको थियो। केन्द्रीय नेताको उपस्थितिमा पार्टीले जिल्लामा विभिन्न कार्यक्रम राखेको थियो। एक महिना कांग्रेसका कार्यकर्ताहरुको दौड –धूप र सक्रियता हेर्न लायकको थियो।
३. कार्यक्रममा भाषणमाभन्दा अन्तरक्रियालाई महत्व दिएको बुझिएको छ। जागरण अभियानको क्रममा स्थानीय स्तरमा विद्यमान विवादहरु पनि मिलाएको र अब कांग्रेस विभाजित भएर होइन, मिलेर जानु पर्दछ भन्ने भावना कार्यकर्ताहरुमा पलाएको बताइएको छ।
४. स्थानीय स्तरका कार्यकर्ताहरुमा राम्रो प्रभाव परे पनि केन्द्रीय स्तरका नेताहरुलाई भने यसले विशेष प्रभाव पारेको देखिएन। केन्द्रीय पदाधिकारीहरु आफै आफ्नै किसिमले जिल्लाको भ्रमणमा पुगेको पनि देखियो। त्यसरी नेताहरु जिल्ला पुगेतापनि कार्यकर्ताहरुले उनीहरुलाई मिलेर आउन दबाब दिएका थिए।
५. कार्यकर्ताहरुमा गत चुनावहरुमा नेपाली कांग्रेस पार्टी हारेको पीडा बोध प्रष्ट देखिन्थ्यो। उनीहरु मध्ये केही कार्यकर्ताहरुले आफूले केन्द्रीय नेताहरुले निर्देशन दिएअनुसार मतदान गरेको र आफूले मत दिएका उम्मेदवारले जितेर पनि आफू हाँस्न नपाएको नमिठो तीतो अनुभव पनि ओकलेका थिए। पार्टीले गलत निर्णय गर्दा त्यसको परिणाम के हुन्छ भन्ने पार्टीमा पनि उनीहरुले प्रष्ट साथ राखे।
६. पार्टीमा गु्रपिज्मको भावना तलदेखि माथिसम्म व्याप्त भएकोले केही स्थानमा अन्तर्घात पनि भयो। कार्यकर्ताहरुले आफ्नो समूहदेखि बाहिरका उम्मेदवारको प्रचार प्रसारमा सक्रियता पनि देखाएनन्। केही नेताहरुले भाषण गर्नुलाई मात्र आफ्नो काम सम्झे। बदलाको भावना पनि चुनावमा देखिएको थियो। केहीले त्यसलाई मति बिग्रेको अवस्था पनि भने।
७. जागरण अभियानमा कार्यकर्ताहरुले केन्द्रले कतिपय उम्मेदवार छानिएकोमा पनि असन्तोष व्यक्त गरे। पार्टीमा त्याग, तपस्या र बलिदानको महत्व घट्दै गएकोमा चिन्ता जाहेर गरी कार्यकर्ताहरुको यथार्थ कुरा बाहिर आउनु जागरण अभियानको विशेषता मानिएको छ। कार्यकर्ताहरुले आफ्नो कुरा राखेका छन्। तर केन्द्रले त्यसलाई ख्याल गर्ने हो किहोइन, त्यो निश्चय छैन। कांग्रेसले आफ्नो स्थिति सुधार्ने हो भने कार्यकर्ताहरुको कुरा सुन्नु पर्दछ। स्थायी समूहगत भावना परित्याग गर्नु पर्दछ भन्ने सबैको भनाई रहेको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१