जनता एकातिर नेता अर्कैतिर

सम्पादक
जेठ २१, २०७०

१. जनता र नेता एक अर्काका सहयोगी मानिन्छन्। नेता जनताबाट छानिएर जाने भएकाले नेताले जनभावना राम्ररी बुझ्छन् भनी भन्ने गरिन्छ। तर हामी कहाँ नेता र जनताबीच धेरै फासला बढेको छ। नेताले जनभावनाअनुसार काम नगरेको धेरै गुनासो आउने गरेको छ। उनीहरुले जनभावनाअनुसार काम नगर्नेमात्र होइनन् कि जनभावनालाई कुल्चने पनि गरेका छन्।

२.     खास गरेर राष्ट्रियताका सवालमा जनता र नेताहरुको भावना ठीक विपरित दिशा र्फकेको पाइन्छ। जनता अहिले राष्ट्रियतामा धेरै खडेरी परेको महसूस  गर्दैछन्। देशमा विदेशी चलखेल बढिरहेको छ। हरेक क्षेत्रमा विदेशीले डिक्टेशन गराइरहेका छन्। उनीहरुकमो कदम एकपछि अर्काे पक्षमा बढिरहेको छ।

३.     तर हाम्रा नेताहरु कसैले पनि खुल्लम खुल्ला किसिमले विदेशी चलखेल बढ्यो, त्यो रोक्नु पर्दछ भन्न सकेका छैनन्। यतिसम्मकी सीमा अतिक्रमण भएको पनि सबैले टुलुटुलु हेेरिरहेका छन्। मिच्नेले मिची रहेछन्, हाम्रा नेताले मौन स्वीकृति दिएर उनीहरुलाई प्रोत्साहित गरिरहेका छन्।

४. हिजो कहिँकतै नेताहरुले राष्ट्रियताको कुरा गर्दथे। सीमा मिचेको कुरा उठाउँथे। कहिलेकाँही नारा जुलुश पनि गर्दथे। तर अब ती सबै भावना हराएको छ। कालीपानीको कुरा सेलाएको छ। सुस्ताकाण्ड बिर्सेझैं भएको छ। दशगजा सारिएको सञ्चारमाध्यमले देखाउँदा पनि नेताहरुले आँखा खोले हेरेका छैनन्। कुनै प्रतिक्रिया निकालेका छैनन्।

५.     हिजो राजनीति राष्ट्रियताको लागि गरिन्थ्यो। कुनै पनि पार्टीो सबभन्दा पहिलो मुद्दा राष्ट्रिय हुन्थ्यो। राष्ट्रियताको लागि बलिदान दिन तैयार भएको अभिव्यक्ति दिने गर्दथे। तर अहिले राष्ट्रियता टिकाउ चिजजस्तो भएको छ। त्वम शरणम् गरी विदेशीको सामु लम्पसार पर्नु ठूलो नेता बन्नु भएको छ।

६.     अन्य राष्ट्रको विरुद्ध नाराबाजी गर्नुलाई हामी राष्ट्रियता भन्दैनौं। तर नेपाली राष्ट्रियतामाथि हस्तक्षेप गरेकोलाई हेरिरहनु र सहिरहनु हुँदैन भन्ने हाम्रो विचार हो। त्वम् शरणम गरी कति लम्सार पर्ने हो, त्यसको ख्याल राखिनु पर्दछ। सत्ता र स्वार्थ कै लागि भए पनि केही सीमा हुनुपर्दछ।

७.     विदेशीको गोटी बनेर कति साध्य हुन्छ ? के हाम्रो आफ्नो स्वाभिमान छैन – विदेशीका सामु लम्पसार परेको कुरा एकदिन बाहिर आउने गर्दछ। कति कुरा बाहिर आइसकेका छन्। जनताले ती कुरा प्रत्यक्ष अप्रत्यक्ष थाहा पाइसकेका छन्। राष्ट्रियताको सवालमा जनता एकातिर छन् भने नेताहरु ठीक विपरित छन्। यसरी राजनीति हुँदैन। नेताहरुमा छिट्टै चेत खुल्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width