जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध

सम्पादक
वैशाख ८, २०७६

१. देशमा ठूल्ठूला काण्ड हुन्छन् । त्यो काण्डले खुब हल्ला मच्चाउँछ । मानिसहरु त्यसको विरोधमा कराउँछन् । यसरी काण्ड गनेर्लाई कार्वाहीको माग गर्दछन् । सरकारले पनि त्यसमा होमा हो मिलाएर खूब कार्वाही गर्ला कि भने जस्तो गरी जनताको स्वरमा स्वर मिलाउँछ  र कार्वाही गर्ने तत्परता  देखाउँछ । तर त्यो तत्परता विस्तारै सेलाएर जान्छ र त्यो एउटा इतिहास भएर रहन्छ ।

२. यो एक वर्ष यताको घटनाक्रम हेर्दा पनि त्यो कुरा प्रष्ट देखिन्छ । साढे ३३ किलो सुन काण्ड नेपाली जनमानसमा खुब चर्चित रह्यो त्यस काण्डमा मुछिएका भनिएकाहरु एक पछि अकोर्लाई तान्दै सरकारले कार्वाहीको शुरुआत गर्यो । त्यसरी तान्ने क्रममा गृहमन्त्रीले ठूलो माछा आप्mनो नियन्त्रणमा पर्न लागेको धेरै  पटक जनाए तर त्यो सेलाएर गयो ।

३. त्यस्तै बहुचर्चित बलात्कार पछिको हत्याको घटना पनि धेरै थियो । त्यस मध्ये निर्मला पन्तको घटनाले राष्ट्रिय  महत्व पायो । एक किसिमको राष्ट्रव्यापी आन्दोलन पनि भयो ।प्रधानमन्त्रीले अपराधीलाई जसरी पनि समात्ने प्रतिबद्धता पनि व्यक्त गरे । निरपरधीहरुलाई पक्रेर बलिको बोका बनाउने प्रयास पनि भयो तर त्यो पनि सेलाएर गयो ।

४. नेपाल वायु सेवा निगमले खरीद गरेकेा वाइडबडी जहाज पनि अर्को चर्चित विषय रह्यो । संसदको लेखा समितिले छुट्टै उपसमिति गठन गरी छानविन गर्यो । त्यसमा करोडौं भ्रष्टाचार र अनियमितता भएको रिपोर्ट बाहिर आयो । त्यो रिपोर्ट बाहिर आउनासाथ सरकारले एक जना पूर्व न्यायाधीशको संयोजकत्वमा एक समिति बनाई छानविन गराउन घोषणा गर्यो । तर त्यो छानविन अहिलेसम्म भएको छैन ।

५. त्यस्तै काण्डैकाण्डको क्रममा अहिले काठमाण्डौं, बालुवाटार ललितानिवास परिसरको करिब १ सय १४ रोपनी जग्गा भूमाफियाले हड्पेको विषय बाहिर आएको छ। त्यसमा पनि सरकार कार्वाहीका लागि तत्पर भएको देखिएको छ। फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट सो जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गरेकेा छ ।

६. सरकारले त्यो निर्णय गर्नासाथ जनता नै सरकारप्रति एक पटक फेरि ठूलो आशा र भरोसाको दृष्टिले हेरेका छन् र काठमाण्डौं खाल्डो भित्र भूमाफिया जग्गा १८०० रोपनी भएको पनि उल्लेख गरिएको छ। त्यसरी सर्वाजनिक जग्गा अतिक्रमण गनेर्हरुको संख्या ५ हजार भएको पनि जनाइएको छ ।

७. बालुवाटार ललितानिवास परिसरको हड्पिएको जग्गाको चर्चा सर्वाधिक छ । त्यो जग्गा फिर्ता गर्न प्रधानमन्त्री कटिबद्ध  देखिएका छन् । तर अप्ठ्यारो कुरा के हो भने त्यो जग्गा खरीद बिक्री गर्ने साधारण मानिस होइनन् । उनीहरु ठूलाबडा छन् र कोही त सत्तारुढ दलकै नेता एवम् निकटवर्तीहरु भएको बताइएको छ। त्यसो भएकाले अहिले पनि पहिलेकै काण्डजस्तै यो काण्ड पनि सेलाएर जाने हो कि भन्ने आशंका पनि व्यक्त गरिएको छ । सरकार प्रति नकारात्मक दृष्टिकोण राख्नु हुँदैन । गर्ने त सरकारले नै हो । सरकारलाई निरन्तर दबाब दिनु घच्घच्याइ रहनु हाम्रो कर्तव्य हो । सरकारले यथा शीघ्र मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गर्नु पर्दछ भन्नेमा हामी जोड् दिन चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width