चुनावमा सहमति

सम्पादक
असार १४, २०७०

१. सरकारले संविधानसभाको चुनाव मङ्सिर ४ गते गर्ने घोषणा गरेको छ। सरकारले तिथि घोषणा गरे पनि निर्धारित तिथिमा चुनाव हुन्छ कि हुँदैन भन्ने आशड्ढा छ। मानिसहरू अझ पनि अन्यौलमा छन्। नेकपा-माओवादीलगायत केही पार्टीचुनावमा भाग लिन हिचकिचाइरहेका छन्। जसको कारण चुनावको माहौल बन्न सकेको छैन।

२. सरकारले चुनावको माहौल बनाउने काम चार ठूला दलको हो भनेर अभिव्यक्ति दिएको छ भने चार दल असन्तुष्टहरूलाई मनाउनेतिर गम्भीर किसिमले नलागेको आरोप अरूले चार दलको सिण्डिकेटलाई लगाउने गरेका छन्। ती चार दलले भरखरै मात्र असन्तुष्ट दलको बटमलाइन बुझ्ने समाचार आएको छ। त्यसले अब छिट्टै त्यो कुरा बुझ्नुपर्दछ।

३. यसैबीच नेकपा-माओवादीले चुनावमा सहमतिका लागि राजनीतिक सहमति गरी संविधानसभाको नयाँ मिति घोषणा गर्नुपर्ने र राष्ट्रियताको मुद्दा सम्बोधन गर्नुपर्ने नयाँ शर्त अघि सारेको छ। नयाँ बटमलाइन बुझ्न खोज्ने चार दलको सिण्डीकेटलाई यो एक अवसर भएको छ कि नेकपा-माओवादी केही लचिलो भएको छ।

४. नेकपा-माओवादीको त्यो नयाँ दुर्इ शर्तबारे सोच्ने हो भने सहमतिमा पुग्न सकिने अपेक्षा गर्न सकिन्छ। राष्ट्रियता अहिले ज्यादै खस्केको अवस्थामा छ जुन सर्वविदित छ। यस्तो स्थितिमा राष्ट्रियताको त्यस मुद्दाको सम्बोधन गर्नु त्यति गाह्रो विषय छैन। सकिन्छ भने अरु सबै पार्टी पनि यसपटक राष्ट्रियता र तत्सम्बन्धी कुरालाई प्राथमिकता दिनुपर्दछ।

५. जहाँसम्म मङ्सिर ४ गते चुनाव गर्ने कुरा छ, त्यो मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले घोषणा गरेको हो। निर्वाचन आयोगले देशको हावापानीलगायतको मौसम समेतलाई ध्यान दिएर ४ गते सिफारिस गरेको हो। आयोगले अझ केही दिन छिट्टै चुनाव गर्नुपर्ने विचार पनि गरेको थियो।

६. नेपालमा मङ्सिरदेखि जाडोयाम सुरु हुन्छ। जति पछि भयो उति जाडो छिप्पिने डर हुन्छ। हिमाली प्रदेशमा त्यसले अप्ठ्यारो गर्दछ। फेरि कहीँकतै चुनाव दोहोर्‍याउनुपर्ने सम्भावना पनि हुन्छ। त्यो सबै कुरालाई दृष्टिगत गरी सरकारले ४ गतेको घोषणा गरेको हो। ४ गतेभन्दा केही दिन पर धकेल्ने हो भने त्यसले व्यवहारिक अड्चन आउन सक्दछ।

७. त्यस हिसाबले ४ गतेलाई उपयुक्त समय मान्नुपर्दछ। नेकपा-माओवादीले आफ्नो प्रतिष्ठाका लागि त्यो प्रस्ताव गरे पनि तोकिसकेको मिति फेर्र्नु त्यति उपयुक्त हुँदैन। डा. बाबुराम भट्टराईको सरकारले दुर्इ पटक मिति तोकेर पनि चुनाव नगरेको हुँदा आज पनि चुनाव हुन्छ र भन्ने भएको छ। चुनावको मितिलाई गम्भीर किसिमले लिनुपर्दछ र त्यसलाई फेरि-फेरि पर सार्नु उपयुक्त हुँदैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width