चुनावको वातावरण

सम्पादक
वैशाख १३, २०७०

१. राजनीतिक दलका भरखरै गठित चुनावी मन्त्रिपरिषद्का सम्बन्धमा अनेक शड्ढा-उपशड्ढा व्यक्त गरिरहेकामा सर्वसाधारण धेरैले आर्श्चर्य व्यक्त गरेका छन्। सरकार गठन भएको भर्खरै डेढ महिना पुग्न लागेको छ। सरकारले चुनावका लागि आवश्यक तैयारी गरिरहेको बताएको छ र केही समयभित्र चुनावको मिति तोक्ने कुरा पनि उल्लेख गरेको छ।

२. तैपनि नेताहरूले सरकारका विरुद्धमा अहिले नै विषय वमन गर्न थालेका छन्। चार दलका शीर्ष नेताहरूले समेत मङ्सिरमा चुनाव हुनेमा शड्ढा व्यक्त गरेका छन्। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी मङ्सिरमा पनि संविधानसभाको निर्वाचन नगराउने अवस्था आए त्यसपछिको सम्भावित प्रतिगमन रोक्न आफ्नो चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्।

३.     के अब चुनाव नहुने निश्चय नै भयो ? प्रमुख दलका नेताहरूले नै त्यसो भन्न थालेपछि अरु पार्टीले यो सरकारले चुनाव गराउनै सक्दैन भनेर विरोध गर्नुलाई के भन्ने ? नेताहरूले आफैले रोजेका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउँदा पनि किन यस्तो अधैर्य भएर शड्ढा उपशड्ढा गर्न लागेका होलान्, बुझन् गाह्रो छ।

४. असारमा चुनाव हुन नसक्ने कुरा यो मन्त्रिपरिषद् गठन हुनुपूर्व नै सबैले अनुमान गरेका थिए। चार दलले पनि असारमा चुनाव हुन नसक्ने भएकाले मङ्सिरसम्मको म्याद तोकेका थिए। यो कुरा घामजस्तै प्रष्ट छ। सरकारले एकातिर चुनावका लागि नीति नियम तैयार गर्नु छ भने अर्कोतिर वातावरण तैयार गर्नु छ।

५. वातावरण तैयार गर्ने काम सरकारको मात्र होइन, चार दलको पनि हो। चार दलका नेताहरूले यो बिर्सनु हुँदैन। चार दलको संयन्त्रले जे जसरी काम गर्नुपर्ने हो, त्यो गरेको देखिएको छैन। उनीहरूले आफ्नो कमजोरी देख्दैनन्। अरुलाई लाञ्छना लगाउन अघि सर्दैछन्। चुनावको लागि वातावरण बनाउनु पहिलो आवश्यकता हो।

६.     सरकारले प्रशासनयन्त्र मिलाउनुपर्दछ। चुनावको लागि कर्मचारीहरू सरुवा गर्नु पनि उत्तिकै आवश्यक हुन्छ। महत्त्वपूर्ण ठाउँमा महत्त्वपूर्ण प्रशासकहरू राख्नुपर्दछ। हिजोको सरकारले गरेको सबै काम आँखा चिम्लेर स्वीकार्न सकिँदैन। त्यसरी स्वीकार्न सायद  अरु पार्टीरूले पनि दिँदैनन् होला।

७. निर्वाचनको मिति तोकेपछि निर्वाचन आचारसंहिता लागू हुन्छ। त्यो आचार संहिता लागू भएपछि त्यसलाई प्रभाव पार्ने काम कुरा सरकारले गर्न पाउँदैन। गर्नैपर्ने भए पनि निर्वाचन आयोगसँग सोध्नुपर्दछ। यो सामान्य कुरा हो। त्यसकारण सरकारले मिति तोक्नुभन्दा पहिले आफूले गर्नुपर्ने काम सिध्याउनु राम्रो हुन्छ। यस्तोमा दलहरूले अनावश्यक शड्ढा गर्ने, अधैर्य भएर विष वमन गर्नुहुँदैन। त्यसबाट वातावरण अरु ब्रि्रन सक्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width