चुनावको चासो

सम्पादक
मंसिर ६, २०७९

संविधान सभाद्वारा जारी संविधानअनुसार हामीले दोस्रो आवधिक निर्वाचन गत आइतबार सम्पन्न गरेका छौं । निर्वाचनमा उम्मेदवार भएकाहरुको भाग्य मतदान बासकमा बन्द भएको छ । यी पंक्ति लेख्दासम्म धेरै ठाउँको मतगणना सुरु भएको छ । निर्वाचन आयोगले एक साताभित्र मतगणना कार्य सम्पन्न हुने उल्लेख गरेको छ । यो पटकको निर्वाचनमा ६१ प्रतिशतमात्र मतदान भएको छ । निर्वाचन आयोगले ७० प्रतिशत मतदान गर्नु सोचनीय विषय हो । नेपाली जनता राजनीतिमा चासो राख्छन् र ठुल्ठुला राजनीतिक परिवर्तनमा साथ र सहयोग पनि गर्छन् । तर अहिले यो चुनावमा किन तिनीहरु मतदान गर्न गएनन्, यो चर्चाको विषय भएको छ ।

हामीकहाँ राजनतिक परिवर्तन धेरै भए । प्रत्यक परिवर्तन पछि जनताले विकास निर्माण र आर्थिक सुधारको अपेक्षा गरे तर जनताको आशा अपेक्षा कहिल्यै पूरा भएनन् । नेताहरु खालि राजनीतिको कुरामात्रै गर्दछन् । जनताले बनाएको संविधान भनेर यो संविधानलाई भन्ने गरिन्छ । संविधानअनुसार चुनावमा पनि भाग लिन्छन् । सरकारमा पनि जान्छन्, तै पनि संविधानको पूर्ण स्वामित्व ग्रहण गर्दैनन् । संविधानको खोट देखाउनु नै तिनीहरुले आफ्नो बहादुरी सम्झन्छन् । राजनीति यस्तो हुनुपर्ने उस्तो हुनुपर्ने भनेर तिनीहरुले खुब भन्ने गर्दछन्, तर आफू कस्तो हुनुपर्ने हो भन्ने तिनीहरुले कहिले आफूलाई हेर्दैनन् । तिनीहरुले सत्ता प्राप्त गर्न नै एकमात्र अभीष्ट सम्झन्छन् । सत्ता प्राप्त गर्नु सत्ता पाएपछि त्यसैमा लामो समय रहिरहनु तिनीहरुको विशेषता भएको छ । सत्ताको छिनाझपटीमा नै तिनीहरुले अधिकांश समय खर्च गर्ने गर्दछन् । जसको परिणाम तिनीहरुले देश विकास गर्ने कार्यमा समय निकाल्ने नै सकेका छैनन् ।

देश विकास नभएकोले जनता धेरै आत्तिएका छन् । त्यसैले यो चुनावमा पुराना पुस्ताका राजनीतिक नेताहरुको धेरै आलोचना पनि भएको छ । नयाँ पुस्ताको माग बढेको छ । राजनीतिमा सामान्यतया नेताहरुलाई उमेरले नापिँदैन । वृद्धहरुले शासन सत्ता सम्हालेका देशहरु पनि धेरै छन् । अनुभवले खारिएका नेताहरुले राम्रो गर्दछन् भन्ने भावना धेरै देशमा छ । तर हामी कहाँ त्यसको विपरीत वृद्धहरुको विरुद्धमा अभियान नै सञ्चालित भए भैंm भएको छ । यो चुनावले कस्तो परिणाम देला, त्यो अहिले भन्ने सकिने कुरा भएन । तर चुनाव परिणाम जस्तो आए पनि त्यसलाई स्वीकार्नै पर्दछ र देश विकासको जुन गति छ, त्यसमा सुधार्नु पर्दछ, विकासको लागि धेरै बयान दिनु पर्दछ, अहिलेको कमीकमजोरी हटाउनु पर्दछ । आर्थिक समृद्धिका लागि सबै मिलेर एक भएर अघि बढ्नु पर्दछ । सत्ता लिप्साको प्रवृत्ति परित्याग गर्नु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width