चीनमा सीजिनफिङ फेरि राष्ट्रपति चयन

सम्पादक
फागुन २९, २०७९

चीनका राष्ट्रपति सी चिनफिङ फेरि राष्ट्रपति निर्वाचित भएका छन् । उनलाई चिनिया जनकांग्रेसले गत शुक्रबार निर्वाचित गरेको हो । राष्ट्रपतिमा यो उनको तेस्रो कार्यकाल हो । चीनको संविधानमा डेङा स्याओ पिङले २ कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने व्यवस्था गरेका थिए । राष्ट्रपति सीको शक्ति बढ्दै गएपछि सन् २०१८ मा २ कार्यकालको व्यवस्था हटाएका थिए । उनले त्यो व्यवस्था हटाउना साथ उनी तेस्रो कार्यकाल राष्ट्रपति हुने अनुमान गरिएको थियो । उनी राष्ट्रपति निर्वाचित भएको भोलिपल्ट अर्थात् शनिबारका दिन उनले आफ्ना विश्वास प्राप्त नेता ली चियानलाई प्रधानमन्त्रीमा निर्वाचित गरएका छन् । राष्ट्रपति सी को यो कार्यकालमा शक्ति केन्द्रीकृत हुने र प्रशासनिक अनुशासन कठोर हुने अनुमान गरिएको छ ।

देङ स्याओ पिङले खुला बजार अर्थनीति अपनाएपछि राष्ट्रले अभूतपूर्व आर्थिक उन्नति गरेको छ । उनले अपनाएको त्यो नीतिकै कारण चीनले आर्थिक उन्नतिमात्र गरेको होइन, सोभियत संघको पतनपश्चात् अमेरिकालाई चुनौती दिन सक्ने देशको रुपमा चीनको उदय भएको छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशको रुपमा स्थापित भएको छ । हिजो सोभियत संघले चीनलाई कतिपय कुरामा सहयोग गर्नु पर्दथ्यो भने अहिले चीनले रुसलाई सहयोगको हात बढाउनुपर्ने अवस्था छ । रुस–युक्रेन युद्धले त्यो अवस्थालाई प्रष्ट पारेको छ । त्यत्तिमात्र होइन, त्यसले उत्तर कोरियालाई आवश्यक सहयोग गर्दै आएको छ ।

सहयोगको चर्चा गर्दा चीनले पहिलेदेखि विश्वका धेरै देशहरुलाई विकास निर्माण लगायतका कामहरुमा सहयोग गर्दै आएको सर्वविदित छ । त्यसमा पनि सी चिनफिङ राष्ट्रपति भएपछि उनले सहयोगको अभियान नै सञ्चालन गर्दै छ । उनले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) लाई एउटा परियोजनाकै नाम दिएर विश्वमा फैलाउने काम गरिरहेका छन् । अब बिआरआई उनको जीवनको महत्वपूर्ण कदम भएको छ । अब उनी फेरि राष्ट्रपति भएपछि सिल्क रोड र रेशम मार्गलाई सुचारु गरेर बिआरआईलाई विश्वव्यापी गर्ने अनुमान गरिएको छ । एकातिरको अवस्था त्यस्तो छ भने अर्कोतिर बिआरआई भनेको के भन्नेहरु पनि छन् । नेपालमा पनि यससम्बन्धी प्रष्ट धारणा छैन । नेपालीहरु बिआरआई नेपालमा सुरु भएको छैन भन्दै छन् भने चीनिया स्रोत नेपालमा चीनको सहयोगमा जे–जति काम भएको छ, त्यो सबै बिआरआई अन्तर्गत हो भन्ने गर्दछन् । त्यो जे भए पनि नेपाल र चीनको सम्बन्ध सदियौं पुरानो हो । बुद्ध धर्मले यो सम्बन्धलाई अरु गाढा बनाएको छ । यो राष्ट्रपतिको पालामा दुई देशको सम्बन्ध अरु उच्च तहमा पुग्ने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width