चीनमा विरोध र्‍याली

सम्पादक
मंसिर १३, २०७९

चीनमा सामान्यतया विरोध भनेको हुँदैन, कहींकतै विरोध भए तापनि त्यसको स्वर सुनिँदैन र त्यस्तो विरोधलाई निर्ममतापूर्वक दबाइन्छ भन्ने भएको बेला केही दिन पहिले त्यहाँ कडा विरोध भएको छ, विरोधको र्‍याली नै भएको छ । केही हप्ता पहिले मात्र फेरि राष्ट्रपतिमा निर्वाचित भएका सी चिनफिङको राजीनामा नै मागेर र्‍याली भएको समाचार विश्वभर फैैलिएको छ । कम्युनिस्ट चीनमा सरकारको विरोध भनेको ज्यादै दुर्लभ कुरा हो । त्यसमा पनि राष्ट्रपति सीले राज्यका धेरै जनशक्ति आफूमा निहित गरेको बेला त्यस्तो विरोध र्‍याली देशको विभिन्न सहर र विश्वविद्यालयमा हुनु ठूलो कुरा हो । विरोध र्‍यालीले कुन रुपमा लिन्छ र त्यसलाई कसरी दबाइन्छ, त्यो अहिले भन्न सकिने कुरा होइन । तर त्यसले सनसनी भने फैलाएको छ ।

त्यहाँका जनता कोभिड–१९ को विरुद्धमा सरकारले शून्य सहनशीलता अपनाएर लामो समय कडाइ गरेको र सरकारको त्यस कदमबाट आर्थिक र सामाजिक रुपमा दबाब सिर्जना भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको विरुद्धमा क्रुद्ध छन् । सरकारले लामो समय लकडाउन गरेबाट चीनको आर्थिक गतिविधि निस्क्रिय भई जनजीवन कष्टकर भएको जनताको गुनासो छ । यसैबीच निषेधाज्ञाको समयमा एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको ज्यान गएको थियो । त्यहाँका जनताले निषेधाज्ञका कारण तिनीहरुको ज्यान गएको भनेर त्यसको दोष सरकारमाथि लगाएर आफ्नो आक्रोश व्यक्त गरिरहेका छन् । साथै तिनीहरुले खोप लगाउने कार्य अनिवार्य गरिएका र आफूलाई लगाउने खोप अन्तर्राष्ट्रिय रुपमा उत्पादित अन्य खोपभन्दा तुलनात्मक रुपमा कम प्रभावकारी भएकोमा पनि आपत्ति जनाएका छन् । तिनीहरुले विरोध र्‍याली गर्नु बाहिरबाट हेर्दा कोभिड–१९ को कारण सिर्जिएको जस्तो देखिए तापनि त्यसको अरु पनि धेरै कारणहरु भएको औंल्याउने गरिएको छ ।

कम्युनिस्ट व्यवस्थामा सामान्यतया वाक् स्वतन्त्रता प्रेस स्वतन्त्रतालगायत स्वतन्त्रताहरु हुँदैनन् । स्वतन्त्रता र नागरिक अधिकारको अभावमा त्यहाँ विरोध गर्न पाइँदैन विरोध गर्ने भनेको दुर्लभ कुरा हुन्छ । कहिलेकाहीं विरोध भएमा त्यसलाई आश्चर्य मानिन्छ । चीनमा अहिले भएको विरोध र्‍यालीलाई त्यसैले आश्चर्यको रुपमा हेरिएको छ । फेरि त्यो र्‍यालीको आयोजना गर्नुमा कोभिड–१९ ले सिर्जना गरेको कारण मात्र हुन् कि त्यसको पछाडि राजनीति कारण पनि छन् भनेर पनि नियाल्ने प्रयास गरिएको छ । त्यो जे भए तापनि र्‍यालीका सहभागीहरुले आफूहरुलाई पिसीआर परीक्षण चाहिँदैन, स्वतन्त्रता देऊ भन्ने नारा लगाएका छन् र तिनीहरुले सेतो ब्यानर बोकेका छन् । त्यो कुराले तिनीहरुको उद्देश्य प्रष्ट गर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width