गोरखा भर्तीकेन्द्रको औचित्यमाथि प्रश्न

सम्पादक
असार ३, २०७०

१. गोरखा भर्ती केन्द्रका कारण आदिवासी जनजातिका ग्रामीण बस्ती मानवविहीन हुन गई मौलिक संस्कृति समेत लोप हुन गएको छ। गोरखा एकेडेमिक फोरम नेपाल नामक संस्थाले कास्कीको पर्यटकीय गुरुङ गाउँ घान्द्रुकमा शुक्रबार आयोजना गरेको गोष्ठीमा उक्त निचोड निकालिएको हो।

२. गोरखा भर्तीको सांस्कृतिक असर विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले आदिवासी जनजाति बस्ती खण्डहर समेत भएकाले गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने कुरामा जोड दिए। अन्तरक्रियामा गोर्खा भर्ती केन्द्र र हिन्दूकरणका सम्बन्धमा पनि कार्यपत्र प्रस्तुत गरिएको थियो।

३.     गोरखा भर्ती केन्द्र बन्द गरिनुपर्दछ भन्ने कम्युनिष्ट पार्टीहरूले पहिलेदेखि लगाउँदै आएको नारा हो। तिनीहरूले त्यसरी नारा लगाएको भए तापनि आफू सरकारमा पुगेको बेला तिनीहरूले कहिल्यै त्यसलाई बन्द गर्ने कुरा सार्वजनिक गरेनन्। यतिसम्म कि त्यस सम्बन्धमा सोध्दा पनि अहिले त्यसबारे निर्णय भएको छैन भन्ने गरेका थिए।

४. अन्तरक्रिया गरेर गोरखा भर्ती केन्द्र बन्द गरिनुपर्दछ भनिएको यो सायद पहिलो पटक हो। पहिलेका कतिपय ठूलाबडाहरू बाहिर त्यो नारा लगाउने गरे तापनि भित्रबाट उनीहरू आफ्ना भाइछोराहरूलाई भर्तीका लागि पठाउने गर्दथे। त्यसरी भित्रबाट पठाइएकाहरू पछि लाहुरे भएर र्फकेपछि मात्र अरुले थाहा पाउँथे।

५. गोरखा भर्ती केन्द्रअन्तर्गत अहिले बेलायत र भारतमा नेपालीहरू कार्यरत छन्। बेलायतले आफ्नो सेनामा नेपालीहरूको सङ्ख्या घटाउँदै लगेको छ। तैपनि प्रत्येक वर्ष लैजाने गरेको छ। बेलायती सेनामा कार्यरत नेपालीहरूको तलब भत्तालगायतका सुविधा असमान भएको सम्बन्धमा अदालतमा समेत उजुरी परेको छ। र कतिपय केशमा अदालतले सकारात्मक फैसला गरेको छ।

६.     गोरखा भर्ती केन्द्रका कारण कतिपय गोरखा भूतपूर्व सैनिकहरू बेलायत गएर बसिरहेका छन्। उनीहरूले बेलायत गएर बस्न पाएपछि जीवनयापन गर्न केही सजिलो भएको र आफ्ना सन्ततिको पढाइ आदि राम्ररी गर्न पाएको बताइएको छ। तैपनि बेलायतीसरहको हक अधिकार अझै नेपालीलाई प्राप्त भएको छैन। जसको लागि सङ्र्घर्ष चलिरहेको छ।

७. नेपालीहरू सामान्य कामका लागि थोरै तलबमा खाडी देश जानुपरिरहेको अवस्था छ। त्यहाँ न कामको सुरक्षा छ, नकि पेन्सन आदिको व्यवस्था नै छ। गोरखा भर्ती केन्द्रमा ती सबैको व्यवस्था छन्। तैपनि अर्काको देशका लागि रगत बगाउन जानु राम्रो होइन। त्यसरी नराम्रो काम उजागर गर्ने काम अहिले भइरहेको छ। घान्द्रुकमा भएको अन्तरक्रियाले त्यसलाई एक पाइला अगाडि बढाएको छ। यो आवाज जारी रहेमा सरकारले राष्ट्रियताको दृष्टि राखी भर्ती बन्द गरेमा आर्श्चर्य मान्नुपर्ने छैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width