गुठीयारहरुको विरोध

सम्पादक
जेठ २९, २०७६

१. सरकारको कदम एकपछि अर्को विवादास्पद बन्दै गएको छ। सरकारको कदमको विरोधमा एक वर्ग पछि अर्को वर्ग सडकमा उत्रने गरेका छन्। सञ्चारकर्मीहरुको विरोधको एक चरण के पूरा भएको थियो कि गुठीयारहरुको समूहहरु काठमाडौंको सडकमा देखिन थालेका छन्। गुठीयारहरुको प्रदर्शनमाथि प्रहरीले लाठीचार्ज समेत गर्यो।

२. सञ्चार काउन्सिल विधेयक संसदमा दर्ता गरेकोले सञ्चारकर्मीहरुले विरोध गरेका हुन् भने गुठीयारहरुले पनि सरकारले गुठी प्राधिकरण बनाउने विधेयक संसदमा दर्ता गरेकोले त्यसको विरोधमा उनीहरु सडकमा उत्रेका हुन्। उनीहरुले पनि आफ्नो विरोध जारी राख्ने घोषणा गरेका छन्।

३. सरकारहरुले पहिले विधेयक संशोधन गर्नु परेमा सम्बन्धित संस्थाहरुसँग राय सल्लाह लिने गर्दथे। सम्बन्धित पक्षको माग समेटेर विधेयक तैयार गर्ने गर्दा विवाद हुँदैनथ्यो। तर अहिलेको स्थिति त्यस्तो रहेन। सरकारले त्यसरी कसैलाई सोध्नु वा विचार विमर्श गर्नु आवश्यक सम्झेन।

४. भित्र कतै तैयार भएको डिजाइन अनुसार विधेयक बनाउने गरिएको र त्यस्तो विधेयकले क्रमभङ्ग गर्ने गरेको छ। हिजो घोषणा गरेरै क्रमभङ्ग गर्ने भनिन्थ्यो भने आज त्यो आवाज सुनिदैन। तर सरकारको गति त्यही दिशातिर सोझिएको छ। हिजो पशुपतिको पूजारी फेर्ने प्रयास गरिएको थियो भने आज गुठी र गुठीले संचालन गर्दै आएका संस्कृति र पूजाआजालाई मास्ने कोशिश भएको गुठीयारहरुको आरोप छ।

५. प्रदर्शनमा उत्रेका गुठीयारहरुले सरकारले गुठीको जग्गामा आँखा गाडेको र ती जग्गा किसानहरुलाई वितरण गर्ने उद्देश्यले प्राधिकरण गठन गर्न खोजेको आरोप लगाएका छन्। गुठीको जग्गा नरहेमा गुठीको आम्दानी घट्ने र आम्दानी घटेमा गुठीद्वारा संचालित सांस्कृतिक जात्रा महोत्सव आदि रोकिन जाने निश्चित छ।

६. गुठी भनेको जग्गासँग सम्बन्धित कुरा मात्र होइन, नेपालीहरुको संस्कार, संस्कृति र सभ्यतासँग पनि सम्बन्धित कुरा हो, फेरि यो कतिपयले सोचे झैं काठमाडौंको नेवारहरुको मात्र समस्याहोइन, देश भरिका मठमन्दिरहरु गुठीद्वारा नै संचालित छन्। कतिपय गुठीको जग्गा व्यक्तिको नाममा गएपछि त्यहाँ जात्रा पर्व मनाउन गाह्रो परेको छ।

७. हाम्रो गुठी संस्थानले राम्ररी काम नगर्दा कतिपय सांस्कृतिक धरोहर नष्ट हुँदै गएका छन्। ती सांस्कृतिक धरोहर पर्यटकहरुलाई आकर्षण पनि हो। संक्षिप्तमा ती हाम्रा विशेषता पनि हुन्, तिनीहरुको संरक्षण हुनु नितान्त आवश्यक छ। त्यसको लागि सरकारी सहयोग अनिवार्य पनि छ। त्यसकारण गुठी संस्थानलाई अधिकार सम्पन्न बनाई सक्रिय गर्न सके हाम्रो सनातन संस्कृति, जात्रा, महोत्सव, पूजापाठ लगायतका अनुष्ठानहरु निरन्तर चल्दै रहने देखिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width