१. राजनीतिक दृष्टिले नेपाल एक विचित्रको देश भएको छ। नेपालको राजनीतिक शासन पद्धति धेरै पटक परिवर्तन भए। यहाँ १०४ वर्षसम्म राणाहरूको जहानियाँ शासन रÞयो। ३० वर्ष पञ्चायती व्यवस्था रÞयो। २०४६ को जनआन्दोलनले संवैधानिक राजासहितको संसदीय व्यवस्था कायम भयो। २०६२/०६३ को आन्दोलनले राजतन्त्र सधैँका लागि अन्त गर्यो।
२. राजतन्त्रको अन्त भएपछि स्वभावत् गणतन्त्र प्रारम्भ भयो। गणतन्त्र प्रारम्भ भएको पाँच वर्ष बितेको छ तर यो पनि संस्थागत भएको छैन। दुर्इ वर्षमा बन्नपर्ने संविधान चार वर्षमा बन्न नसकी संविधानसभा भङ्ग भएको छ। संविधानसभा भ· भएको पनि एक वर्ष बितेको छ। देशले अझै अन्तरिम संविधानको सहारा लिनुपरेको छ।
३. संविधानसभाको निर्वाचनका लागि दुर्इपटक मिति तोकियो तर त्यो मितिमा चुनाव भएन। अहिले चुनावको मिति तोक्नेबारे धेरै विचार विमर्श भइरहेको जनाउने गरिएको छ। तैपनि कहिले मिति घोषणा हुने हो यकिन छैन। अब त मनिसहरू चुनाव नै हुँदैन कि भन्न थालेका छन्।
४. संविधानसभाको चुनाव भए तापनि कस्तो किसिमको राजनीतिक पद्धति कायम गर्ने हो, त्यो निश्चय छैन। विगतको संविधानसभामा कम्युनिष्टहरूको उपस्थिति ६२ प्रतिशत थियो। संविधानसभाको चुनावपछि चार जना कम्युनिष्ट नेता प्रधानमन्त्री भए। उनीहरूले जनतालाई अनेक आश्वासन दिए, तर केही पनि पूरा गरेनन्।
५. सुरुमा पुष्पकमल दाहाल प्रधानमन्त्री भए। उनी ठूलो हुँकारका साथ सरकारमा गएका थिए। तर उनी असफल भएर राजीनामा दिन बाध्य भए। त्यसपछि माधव नेपाल प्रधानमन्त्री भए। उनलाई उनै पार्टीका नेताहरूले साथ र सहयोग गरेनन्। झलनाथ खनाल (जो एकीकृत माओवादीको समर्थनमा प्रधानमन्त्री भएका थिए) लाई पछि त्यही पार्टीले साथ दिएन।
६. त्यसपछि जनको ठूलो आशा अपेक्षा लिएर बाबुराम भट्टराई प्रधानमन्त्री भए। शान्ति र संविधान लेख्ने एजेण्डा लिएर सत्ताको नेतृत्वमा पुगेका उनले नै संविधानसभा भ· गरेको आरोप खेप्नुपर्यो। संविधानसभा भ· भएपछि उनले २०/२५ वर्ष शासन सत्तामा रहने कल्पना गरे। उनले दुर्इ पटक चुनावको मिति घोषणा गरे, तर चुनाव गर्न सकेनन्। जसको कारण देश अरु अन्धकारमा धकेलियो।
७. नयाँ नेपालको परिकल्पना गर्नेहरूले नेपालको शासन व्यवस्था सबै राजनीतिक व्यक्तिको हातबाट कर्मचारीको हातमा सुम्पेका छन्। तल्लो निकाय गाविस र नगरपालिकादेखि मन्त्रिपरिषदसम्म सबै कर्मचारीबाट सञ्चालित छन्। राजनीतिको घोर अवमूल्यन भएको छ। राष्ट्रपति डा. रामवरण यादव एक जना मात्र निर्वाचित छन्। यस्तो बेलामा राष्ट्रपति यादवको काँधमा ठूलो जिम्मेवारी आएको छ। उनले आफ्नो जिम्मेवारी के कसरी निर्वाह गर्छन्। त्यो सबैले बडो उत्सुकतापूर्व नियलिरहेछन्।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१