१. इसाई धर्मको अतिक्रमण बढेको कुरा धेरैले धेरै पटक भन्दै आएका छन्। तर प्रशासन र सरकारमा बस्नेहरुले त्यो कुरा सुनेनन्। अहिले त्यो एक किसिमको महामारीको रुपमा फैलिएको छ। केही ठाउँमा प्रहरीले त्यसरी धर्म प्रचार गर्नेहरुलाई पक्रेर कारबाही गरेका पनि छन्। तर त्यसरी कारबाही गरेता पनि उनीहरुको सक्रियता कम भएको छैन।
२. टोल टोलमा स्थापना गरिएका छन्। सार्वजनिक स्थानहरुमा बसेर बाइबल र उनीहरुका अन्य किताबहरु बिक्री गरिरहेका छन्। कतिपय धर्म प्रचारकहरु घर घरमा पसेर पनि पम्फ्लेट आदि वितरण गरिरहेका छन्। मानौं, उनीहरुलाई त्यसरी प्रचार गर्नमा कुनै रोकतोक छैन।
३. एकातिर सडकमा हिन्दू राष्ट्रको माग बढिरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको माग राखेर विभिन्न कार्यक्रमहरु गरिरहेको छ। केही साधु सन्यासीहरुले पनि यज्ञ महायज्ञको अवसरमा हिन्दू राष्ट्रको आवश्यकताबारे प्रवचन दिने गरिरहेका छन्। कतै संगठित र कतै असंगठित रुपमा त्यो कुरा आइरहेको छ। तर त्यो त्यत्ति प्रभावकारी भएको छैन।
४. सत्तारुढ पार्टी र सत्तामा बस्ने नेताहरु कहिले आफूलाई कम्युनिष्ट भनेर चिनाउँदै आफूहरुले धर्म नमान्ने कुरा अभिव्यक्ति दिन्छन्। तर तिनै नेताहरु क्रिश्चियनको आयोजनामा उत्साहकासाथ सरिक हुन्छन्। कतिपय नेताहरु लुकिछिपी चर्चमा गएर तिनीहरु बाटै आशिर्वाद थाप्ने गर्दछन्। चुनावको बेला धेरै नेताहरु चर्चमा देखिएका थिए।
५. इसाईहरुको आक्रमक प्रचार आदिवासी जनजाति क्षेत्रमा र अविकसित क्षेत्रमा बढिरहको छ। तिनीहरुले हाम्रा सोझा सीधा दाजूभाइहरुलाई रोग निको हुन्छ भन्दै चर्चमा लग्दैछन्। उनीहरुले अन्धविश्वास फैलाईरहेका छन्। तैपनि हाम्रा जनप्रतिनिधिहरु र स्थानीय सरकारले त्यतातिर ध्यान दिएका छैनन्।
६. देश, धर्मनिरपेक्ष भएको छ। धर्म निरपेक्षतामा जनताले आ–आफ्नो धर्म मान्न पाउँछन्। तर अर्काको धर्मको आलोचना गर्ने, जबर्जस्ती प्रचार गर्ने र अन्धविश्वास फैलाउने आदि गर्न भने पाउँदैनन्। क्रिश्चियनहरुले अहिले जे जसरी प्रचार प्रसार गरिरहेका छन्, त्यो गैर कानूनी हो, जबर्जस्ती हो र सोझा सीधाहरुलाई झुक्याउनु हो।
७. त्यसरी झुक्याउँन पाइँदैन। गैरकानूनी किसिमले प्रचार प्रसार गर्न पाइँदैन। त्यसो गर्नेहरुलाई कडा कारबाही गर्नु पर्दछ। त्यसको साथै यहाँका हिन्दू र बौद्धहरु पनि केही सजग र सतर्क हुनु पर्दछ। आआफ्ना धर्मको प्रचार प्रसार कार्य तीब्र पार्नु पर्दछ। मन्दिर, बिहार र गुम्बामा आएकालाई मात्र प्रचार गर्छु भनेर बस्ने बेला यो होइन। मन्दिर, गुम्बा र बिहारबाट बाहिर आएर पनि प्रचार प्रसार गर्नु पर्यो। स्थितिको गम्भीरतालाई बुझ्नु पर्यो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१