कोरोना भाईरसको संक्रमण

सम्पादक
माघ १३, २०७६

१. चीनमा केही समय पहिले देखिएको नयाँ कोरोना भाईरस रोग अहिले चीनको विभिन्न स्थानमा फैलिएको छ । यो रोगबाट १० जना जति मानिस मरेको पनि समाचार छ । धेरै मानिसहरु संक्रमित छन् । मानिसबाट मानिसमा सर्ने यो रोग चीनबाट अन्य केही देशहरुमा पनि पुगेको खबर छ । चीनबाट नेपाल आएका एक नेपालीमा पनि यो रोग देखिएको पुष्टि भएको छ ।
२. नेपाल र चीनबीच सीधा हवाई सेवा छ । यात्रीहरु दिनहुँ त्यहाँबाट नेपाल आउने गर्दछन् । फेरि अहिले यो रोग चीनबाट अन्य देशहरुमा फैलिएकोले अन्यन्त्रबाट यो रोग नेपाल आउन सक्छ । त्यसकारण यसमा उच्च सतर्कता अपनाउनु पर्दछ भन्ने चिकित्सकहरुको राय छ ।
३. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरस प्रभावित देशहरुबाट आउने मानिसलाई दुई साता भित्र रुघाखोकी लागेमा, ज्वरो आएमा, घाँटी टाउको दुःखेमा, श्वास प्रश्वासमा समस्या भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न सार्वजनिक सूचना जारी गरेको छ । यो रोग लागेमा १००.४ डिग्री फरेनहाईट भन्दा बढी ज्वरो आउने गर्दछ ।
४. अहिलेसम्म यो नयाँ रोग चीनबाट जापान, कोरिया, थाईल्याण्ड, भियतनाम, अमेरिका लगायतका देशहरुमा यसको संक्रमण देखिएको छ । विश्वग्राम भएको बेला अन्य देशहरुमा यो भाईरस पुग्न सक्दैन भन्ने अवस्था छैन । विभिन्न देशहरुमा यसको रोकथाम र उपचारका लागि विशेष तैयारी गरिएको छ ।
५. नेपालमा अहिले भ्रमण वर्ष २०२० मनाई रहेको बेला धेरै भन्दा धेरै मानिस आउन सक्छन् । धेरै पर्यटकहरु आऊन् भन्ने हाम्रो प्रयास पनि रहेको छ । आह्वान छ । नेपाल भ्रमणवर्षको यो पहिले महिना हो । केही पर्यटक आएका पनि छन् र कतिपयले कार्यक्रम तैयार गरिरहेको खबर छ ।
६. डाक्टरहरुले यसको संक्रमण उच्च रक्तचाप, मधुमेह, मुटु र रक्तनली संम्बन्धी रोग लगायत शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाहरुमा कडा रुपले देखिने जनाएका छन् । तिनीहरुको समय मै उपचार गरिएमा यो निको हुन सक्ने पनि जनाएका छन् ।
७. यो रोगको जोखिम न्यूनीकरण गर्नका लागि साबुन पानीले हात धुने, खोक्दा, हाछ्यँु गर्दा नाक र मुख छोप्ने सल्लाह दिएका छन् । फ्लु जस्ता लक्षण देखिएमा अरुबाट अलि टाढा बस्ने र तुरुन्त चिकित्सकको परामर्श लिनु पर्नेमा जोड दिएका छन् । चिकित्सकहरुले मासु र अण्डा राम्ररी पकाएर मात्र खान पनि सल्लाह दिएका छन् । उनीहरुले पशुपक्षींहरुबाट पनि टाढा रहन जोड दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width