काङ्ग्रेसको विवाद

सम्पादक
जेठ ९, २०७०

१. नेपाली काङ्ग्रेसले सधैँ लोकतन्त्रका लागि सङ्र्घर्ष गर्दै आएको छ। काङ्ग्रेसले लोकतन्त्रका लागि सङ्र्घर्ष गरेको मात्र होइन, लोकतन्त्रका लागि भएको आन्दोलनको नेतृत्व समेत गर्दै आएको छ। २००७ सालको क्रान्ति, २०४६ सालको पहिलो जनआन्दोलन र २०६२/६३ मा भएको दोस्रो जनआन्दोलन पनि नेपाली काङ्ग्रेसकै नेतृत्वमा सम्पन्न भएको थियो।

२. लोकतन्त्रका लागि भएका पटक-पटकको आन्दोलनको नेतृत्व समेत गरेको पार्टी भएकाले नेपाली काङ्ग्रेसलाई लोकतन्त्रवादी पार्टी भन्ने गरिन्छ। काङ्ग्रेसका नेताहरूले पनि आफूलाई लोकतन्त्रको पर्याय सम्झन्छन् र त्यसै अनुसार व्याख्या गर्दछन्। तर त्यस पार्टीकाआन्तरिक लोकतन्त्र नभएको गुनासो स्वयं पार्टीकानेता र कार्यकर्ता बताउँछन्।

३.     लोकतान्त्रिक तौरतरिकाको अभावमा त्यस पार्टीकाविवाद पनि उत्पन्न हुने गरेको छ। विगतमा झैं यसपटक पनि सभापति सुशील कोइरालाले विभागका सदस्यहरू नियुक्ति गर्नासाथ विवाद बढेको छ। उनीहरू आफू निर्वाचित हुनासाथ गठन गर्नुपर्ने विभाग अझसम्म पूरा गरेका थिएनन्। उनले विभागका संयोजक मात्र तोकेका थिए।

४. अहिले उनले ती विभागमा सदस्य तोकेका छन्। ती विभागमा सदस्य तोक्नासाथ विवादको सिर्जना भएको छ। पार्टीकावरिष्ठ नेता शेरबहादुर देउवाले त्यसमा असन्तुष्टि जनाएका छन्। विभागीय संयोजकहरूले पनि आफूसँग एक वचन नसोधी आफ्ना विभागका सदस्यहरू चयन गरेको समाचारपत्रबाट थाहा पाउँदा आर्श्चर्य लागेको बताएका छन्।

५. सभापतिले त्यसरी मनोनीत गरेका केही सदस्यहरूले राजीनामा पनि दिएका छन्। राजीनामा दिनेले आफू नेपाली काङ्ग्रेसमा सक्रिय हुन नसक्ने समेत जनाएका छन्। सम्बन्धित मान्छेलाई समेत नसोधी मनोनीत गर्दा त्यसबाट के सन्देश जान्छ भन्ने कुरा पनि ख्याल नगरेको बुझिन्छ। आन्तरिक गुटबन्दीका कारण त्यस्तो स्थिति आएको हुन सक्दछ।

६. चुनावको मुखमा कार्यकर्ताहरू असन्तोष हुने काम गर्दा त्यसको के प्रभाव पर्छ भन्ने ख्याल गर्नुपर्ने हो। नेतृत्वले त्यो ख्याल गरेको देखिँदैन। सभापति कोइरालाका कामले सुरुदेखि नै विवाद जन्माउने गरेको छ। पार्टी भत्र दुर्इ पक्ष भएको प्रष्ट हुँदाहुँदै पनि अर्को पक्षलाई बेवास्ता गरेर बढ्न खोज्नु राम्रो होइन।

७. काङ्ग्रेस सबभन्दा पुरानो पार्टी हो। दुःख पाएका इमान्दार कार्यकर्ता यही पार्टीकाबढी छन्। तर पार्टीले वास्ता नगरिदिँदा पनि ती कार्यकर्ताले आफ्नो अस्मिता बचाएर राखेका छन्। त्यो ठूलो कुरो हो तर नेतृत्वले कार्यकर्ताको त्यो त्यागलाई सम्मान गर्न सकेका छैन। सुशील कोइरालाले त्यसमा विशेष ध्यान दिएर पार्टी सञ्चालन गर्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width