कष्टकर बन्दै गएको पर्वतीय जनजीवन

सम्पादक
मंसिर २६, २०७९

पोखरामा अवस्थित पर्वतीय संग्रहालयमा बराबर, पर्वत, पर्यटन जलवायुको परिवर्तन र हिमालबाट हिउँ पग्लदै गएको सम्बन्धमा गोष्ठी सेमिनार हुने गर्दछन् । यस पटक नेपाल पर्वतारोहण संघले सातौं पर्वतीय महोत्सवको क्रममा विशेष कार्यक्रमको आयोजना गरेको थियो । पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका विषयमा गहन छलफलको आयोजना गरिएको थियो । कार्यक्रममा पोखरामा ३ वर्षभित्रमा दोब्बर पर्यटक भिœयाउने विषयमा पनि छलफल भएको थियो । २ दिनसम्म सञ्चालित त्यस कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । आफ्नो उद्घाटन भाषणमा उनले पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्नेहरुको भाषा, संस्कार, संस्कृतिबारे बुझाउन र तिनीहरुको संरक्षणका लागि प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रम २ दिन चलेको थियो ।

कार्यक्रमको आकर्षणका रुपमा ४ जना महिला आरोहीहरु विशेष किसिमले सहभागी थिए । उनीहरुले पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका विषयमा आ–आफ्नो अनुभव र विचार राखेका थिए । आफूले चढिसकेको हिमाल पुन चढ्न जाँदा जलवायु परिवर्तनका कारण हिमाल हिउँविहीन हुन लागेको कुरा पूर्णिमा श्रेष्ठले सुनाएकी थिइन् । समारोहमा अर्का आरोहीहरु लाक्पा फुटी शेर्पा, फुन्जो लामा र फुरदिको शेर्पाको पनि उपस्थिति थियो । उनीहरुले एकै स्वरमा हिमाल पहिलाभन्दा पग्लिराखेको र पहिलेको सेतो ठाउँ अहिले कालो भएको पनि बताए । उनीहरुले समारोहमा विलासितापूर्ण ठूला कम्पनीहरुले आइसफल हटाएर चउर बनाएको र त्यसमा हेलिकोप्टर अवतरण गर्ने गरेको गुनासो पनि गरी कम्पनीहरुको त्यस्ता कार्यले गर्दा हिउँ छिटो पग्लेर वातावरणमा नराम्रो असर परेको गुनासो पनि गरे । उनीहरुले यस्तो कार्यमा सरकारले ध्यान नदिएकोमा चिन्ता पनि व्यक्त गरे ।

महोत्सवमा पहिलो दिन पर्वततिर अभ्यास गरिने खेलको प्रदर्शन गरिएको थियो । त्यो प्रदर्शनमा छेलो हान्ने प्रतियोगितादेखि धनुषवाण हान्ने खेल पनि राखिएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमले महोत्सवको महत्वहरु बढेको अनुभव गरिएको थियो । पर्वतीय संग्रहालय पोखरामा हुनु र अहिले पोखरा नै अन्तर्राष्ट्रिय विमानघाट निर्माण हुनु पोखराका लागि ठूलो कुरा हो । तर यसलाई ठूला कुरा र महत्वपूर्ण कुरा भनेर मात्र हुँदैन, तिनीहरुको के–कसरी सदुपयोग गर्ने र त्यसबाट के–कसरी फाइदा उठाएर यस क्षेत्रका बासिन्दाहरुको आर्थिकस्तर उकास्ने त्यतातिर पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । त्यसको लागि ठोस कार्यक्रम र रणनीतिको आवश्यक हुन्छ । एकातिर हाम्रो समक्ष ग्लोबल वार्मिङको खतरा छ भने अर्कोतिर त्यसको असरलाई के–कसरी न्यूनीकरण गर्ने त्यो चुनौती छ । यस्ता कुरालाई हामीले छिटो सोचेनौं भने र गम्भीरतापूर्वक लिएनौं भने सिंगो पर्वतीय क्षेत्रमा त्यसले नराम्रो असर पार्ने र अन्ततोगत्वा त्यसले हाम्रो जनजीवनलाई नै कष्टकर बनाउने देखिन्छ । त्यसो भएकाले पर्वतीय संग्रहालयमा भएको कार्यक्रमको ठूलो सान्दर्भिकता छ र त्यस्तो कार्यक्रम बराबर हुनु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width