करोना कहर

सम्पादक
जेठ २, २०७७

१. कोरोना भाइरसबाट जनतालाई बचाउन नेपाल सरकारले गरेको लकडाउनको ५२ औं दिन विहीवार पुरा भएको छ । कुनै चलचित्र प्रदर्शित भएको भए त्यसको ५२ औं दिन कति ठूलो उत्सवको रुपमा मनाइन्थ्यो । तर कोरोना कहरका यी दिनमा जनजीवनले भोग्नु परेको कष्ट वर्णन गरी साध्य छैन ।
२. विहीवार सम्ममा विश्वमा ४४ लाख ४६ हजार ३१ जना संक्रमित भएका छन् भने कुल मृत्यु दुई लाख ९८ हजार चार सय ४२ रहेको छ । यसै गरी १६ लाख ७० हजार चार सय ७४ जना निको भएका छन् ।
नेपालमा २१ हजार ५ सय ६७ जनाको परीक्षण भएकोमा दुई सय ४६ जना संक्रमित भेटिएका छन् भने ३५ जना निको भएका छन् । खुसीको कुरा नेपालमा कोरोनाबाट हालसम्म कसैको मृत्यु भएको प्रमाणित भएको छैन ।
३. विश्व स्वास्थ्य संगठनले हिजो मात्र एक विज्ञप्ति मार्फत कोरोना भाइरस कहिल्यै उन्मुलन नहुन सक्छ भनी सबैलाई सतर्क रहन सन्देश दिएको छ । हुन त यस सम्बन्धी खोप तथा औषधी बनाउन केही मुलुकहरुले प्रयास जारी राखेका छन् । केही त परीक्षणमा ल्याइएका समाचार पनि आइरहेका छन् । विज्ञहरुका अनुसार अहिले नै औषधी पत्ता नै लाग्यो भने पनि त्यसको विधि पूरा गर्न १८ महिना लाग्छ । त्यो वेलासम्म कोरोनाको महामारीले कुन रुप लिने हो त्यो अहिले भन्न सकिने स्थिति छैन ।
४. नयाँ रुपमा आएको कोरोना भाइरसको औषधी अहिल्यै पत्ता लाग्ला नलाग्ला त्यो वेग्लै कुरा हो । तर जसको अहिलेसम्म औषधी छैन, त्यसबाट बच्नको लागि हामी गम्भीर भएर लाग्ने कि नलाग्ने यो महत्वपूर्ण कुरा हो । फेरि यो एउटाको मात्र नभै मानव समाजकै चुनौतिको विषय भएको र एउटाकै लार्पावाहीले पनि धेरैको ज्यान जोखिममा पर्ने भएकोले ‘आफु पनि बचौं र अरुलाई पनि बचाऊँ’ भन्ने आदर्शलाई सबैले आत्मसात गर्न जरुरी छ ।
५. यो महामारीबाट जनधनको क्षति हुन नदिन सबैजसो देशले विभिन्न उपायहरु अवलम्बन गरिरहेका छन् । लामो समयसम्म भएको लकडाउनले मानिसहरु रोगले भन्दा भोकले मर्ने अवस्था देखिदैछ । उद्योग व्यवसायहरु बन्द हुँदा लाखौ लाखको रोजगारी समेत गुमिरहेको छ । विश्वले चरम आर्थिक संकट भोग्दै छ । यस अवस्थामा लकडाउनका विकल्पहरु खोजि जनजीवनलाई ऋण दिने तर्फ पनि ध्यान दिनु जरुरी देखिन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width