१. नेपालको भूमि भारतले आफ्नो नक्सामा पारेर सार्वजनिक गरेकोमा नेपालले कडा आपत्ति जनाएको छ। प्रधानमन्त्री के.पी.ओलीले कालापानीमा रहेका भारतीय सेना फर्काउन पनि आग्रह गरेका छन्। करिब एक महिनादेखि नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा धेरै कुरा बाहिर आएकाछन्।
२. केही समय पहिले भारतले प्रायोजित रुपमा लिम्पियाधुरा, कालापानी र लिपुलेकको नक्सा नै छैन भनेर प्रचार गरेको थियो। भारतको त्यो अनर्गल प्रचारपछि नेपालका सीमाविद् र तत्सम्बन्धमा काम गरेका अनुभवी व्यक्तिहरुले धेरै प्रमाणहरु जुटाइसकेका छन्।
३. यता हाम्रा विशेषज्ञहरुले यत्ति धेरै प्रमाणहरु जुटाएकाछन् भने उता भारतीयहरुले नेपालको सरकार यस सम्बन्धमा वार्ता नै गर्न चाहँदैनसमेत भन्न थालेका छन्। भारतीयहरु एकातिर भ्रम खडा गर्ने प्रयासमा रहेका देखिन्छन् भने अर्कोतिर नेपालमा देखिएको अभूतपूर्व एकतालाई टुक्र्याउने प्रयासमा लाग्ने सम्भावना पनि देखिन्छ।
४. नेपाल र नेपालीहरु यसमा सजग र सतर्क हुनुपर्दछ। सरकारले गर्ने प्रत्येक कामकुराहरुमा प्रतिपक्षी पार्टीका नेताहरु र विज्ञहरुसँग सरसल्लाह गर्नु आवश्यक छ। त्यसो गरियो भने मतभिन्नता नहुन सक्छ। राष्ट्रियएकता रहिरहन सक्छ।
५. विषय विज्ञहरुले नेपालको नक्सा सार्वजनिक गरेका छन्। जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक प्रष्ट देखिन्छन्। तिनीहरुले त्यसको यथेष्ट प्रमाण भएको पनि बताएका छन्। ती सबै प्रमाणहरुको आधारमा सरकारले आफ्नो औपचारिक नक्सा प्रचारमाल्याउनु आवश्यक छ।
६. भारतले तैयार गरेको नक्साले धेरै भ्रम उत्पन्न गरेको छ। हाम्रा नेताहरु, विद्वान र बुद्धिजीवीहरु पनि लामो समय त्यो भ्रमको शिकार भएको पनि प्रष्ट भएको छ। भारतको विश्वास गरेर त्यसले तैयार गरेको नक्सा हाम्रो पाठ्यपुस्तक देखि लिएर धेरैमा त्यसको प्रयोग गरियो।
७. अब हामी सबैलाई त्यो कुरा प्रष्ट भएको छ। त्यसकारण अब हामी एक दिन पनि झुक्किनु हुँदैन। त्यसको लागि सरकारले हाम्रो यथार्थ नक्सा अबिलम्व सार्वजनिक गर्नु पर्दछ। त्यसैको आधारमा भारत सरकारसँग कुटनीतिक र राजनीतिक स्तरमा वार्ता गर्नु पर्दछ। वार्ता कुनै पनि बेला हुन सक्ने भएकोले त्यस अघि नै सरकारले हाम्रो नक्सा सार्वजनिक गर्नुपर्दछ। जसको आधारमा भारतसँग वार्ता गर्न सकियोस्।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१