ओली र प्रचण्डको आलोपालो

सम्पादक
जेठ ३१, २०७६

१. नेपाल कम्युनिष्टपार्टी (नेकपा) का दुई अध्यक्षहरु के.पी. ओली र पुष्पकमल दाहाल बीचको आलोपालो शब्द फेरि चर्चामा आएको छ। अध्यक्ष पुष्पकमल दाहालले अस्ति भरतपुरमा पत्रकारहरुलाई आफूहरुबीच भएको सहमति र समझदारी अनुसार सरकार परिवर्तन हुन्छ भन्दै आलोपालो शब्द दोहोर्याएका छन्।

२. यस अघि प्रधानमन्त्री ओली भारतमा रहेको बेला पनि अध्यक्ष दाहालले त्यो कुरा कोट्याएका थिए भने अहिले प्रधानमन्त्री युरोप भ्रमणमा भएको बेला फेरि त्यो कुरा दोहोर्याएका छन्, प्रधानमन्त्री देश बाहिर भएको बेला त्यो कुरा किन दोहोर्याए? त्यो रहस्यमय छ। प्रधानमन्त्रीले त्यसबेला ४/५ दिनमा सरकार परिवर्तन हुन्छ भन्दै घुर्की लगाएका थिए।

३. यस पटक प्रधानमन्त्री ओलीले बेलायतमा छँदा त्यो सहमति दुई पार्टीका बीच भएको भन्दै अब पार्टी एक भएको छ, जे गर्नुछ, त्यो पार्टीले गर्ने बताएका छन्। उनले त्यसो भनेको भोलिपल्ट अध्यक्ष प्रचण्डले भरतपुरमा त्यो कुरा दोहोर्याएका हुन्। उनले त्यो कुरा दोहोर्याएपछि सञ्चार माध्यममा त्यसले अरु चर्चा पाएको छ ।

४. उनले त्यो कुरा दोहोर्याएका मात्र होइनन्, सरकारका कदमहरुको विस्तारै आलोचना पनि गर्न थालेका छन्। उनले गुठीको विषय र सञ्चार विधेयकमा सरकारले विचार पुर्याउन नसकेको अर्थात् सम्बन्धित पक्षलाई बुझाउन नसकेको भनी घुमाउरो कुरामा असन्तुष्टि जाहेर गरेका छन्।

५. लोकसेवा आयोगले हालै निकालेको विज्ञापन सम्बन्धमा पनि पूर्व एमाले र पूर्व माओवादीको दृष्टिकोण फरक देखिएका छन्। एक पक्षले विज्ञापनको पक्षमा विचार व्यक्त गरेका छन् भने अर्को पक्षले विरोध जनाएका छन्, यस्तो ट्रेण्ड (प्रवृत्ति) बढ्दै गएको छ। अध्ययन गनेर्हरुले पनि यसैमा ध्यान केन्द्रित गर्दैछन्।

६. राष्ट्रवादीका रुपमा लोकप्रिय हुँदै आएका प्रधानमन्त्री ओली अहिले विवादै विवादमा फँसेका छन्। उनका एक पछि अर्को कदम अलोकप्रिय ठहरिएका छन्। जसको विरोधमा मानिसहरु सडकमा उत्रेका छन्। यो क्रम बढ्दो छ। तर सरकारमा बस्नेहरुले भने आफूले कहिले सरकार छोड्नु नपर्ने हो कि भनी पेल्दै छन्।

७. सरकार सधैंका लागि हुँदैन। त्यसमा पनि आलोपालोमा सही गरेपछि त्यसलाई मान्नु पर्दछ। अध्यक्ष पुष्पकमल दाहाललाई अलमल गरेर पन्छाउने विचार घातक पनि हुन सक्छ। उनले पनि प्रधानमन्त्री विदेश गएको बेलामा मात्र त्यो कुरा भन्ने होइन, आमने सामने भएको बेलामा समेत राख्नु पर्दछ। अब समय धेरै छैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width