एशियामा चुनाव

सम्पादक
चैत्र १५, २०६९

१. यसपटक एशिया महादेशका धेरै देशमा चुनावको हावा चलेको छ। चीनबाट सुरु भएको त्यो चुनावको हावा पाकिस्तान र नेपाल हुँदै भारतमा प्रवेश गर्दैछ। चुनावको यो क्रममा कहाँ कसरी चुनाव हुन्छ भन्ने कुरा धेरैले अध्ययन गर्ने मौका पनि पाएका छन्। चुनावको तुलनात्मक अध्ययन गर्ने यो एक राम्रो अवसर हो।

२. छिमेकी चीनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत महत्त्वपूर्ण स्थानमा नयाँ व्यक्तिले आसन ग्रहण गरेका छन्। चीनमा चिनियाँ कम्युनिष्ट पार्टीबा महासचिव भएका सि जिनपिङलाई त्यहाँको व्यवस्थापिका संसद्ले राष्ट्रपति पदमा निर्वाचित गरेको थियो। त्यहाँ उनी राष्ट्रपतिका एक मात्र उम्मेदवार थिए। त्यस्तै प्रधानमन्त्री पदमा ली खछ्याङ निर्वाचित भएका छन्

३. मित्र राष्ट्र पाकिस्तानमा मे ११ मा आम निर्वाचनको घोषणा गरिएको छ। त्यहाँ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले भूतपूर्व प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेको छ। उनको नेतृत्वमा निश्पक्ष निर्वाचन हुन्छ भन्ने पाकिस्तानीहरूले विश्वास गरिरहेका छन्।

४. पाकिस्तानमा पिपुल्स पार्टीबा अध्यक्ष आसीफ अलि जर्दारी राष्ट्रपति छन्। राष्ट्रपतिका सामु धेरै चुनौती छन्। तालिवानीहरूले सिया समुदायलाई लक्षित गरी गरिएको आक्रमणमा सरकारले कडा कदम नचालेकोमा जनता असन्तुष्ट छन्। पिपुल्स पार्टीबा मदभेद बढेको छ भने प्रतिपक्षी नेता क्रिकेट खेलाडी इमरान खानको लोकप्रियता बढेको छ।

५. नेपालमा चुनावको हावा बहन थालेको छ। सवोर्च्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार गठन भएको छ। निर्वाचन आयोगमा खाली रहेका पदाधिकारीहरू नियुक्त गरिएको छ। चुनावको मिति तोकिएको छैन तर एक साताभित्र मिति तोकिने अपेक्षा गरिएको छ। त्यसको लागि आवश्यक ऐन नियम बनाउने र संशोधन गर्ने काम भइरहेको छ।

६. छिमेकी भारतमा आगामी वर्ष चुनाव हुनेछ। त्यहाँ अहिले भारतीय काङ्ग्रेस पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ। प्रधानमन्त्री मनमोहन सिंहले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दैछन्। भारत विश्वको ठूलो प्रजातान्त्रिक देश भएकोले त्यहाँ चुनाव जस्तो प्रजातान्त्रिक अभ्यास राम्ररी हुने गरेको छ। त्यहाँ भारतीय काङ्ग्रेस पार्टीर प्रतिपक्षी भारतीय जनता पार्टीबीच प्रतिस्पर्धा हुने गर्दछ।

७. एशियामा चुनावको माहोल छ। चुनावले कहाँ कसलाई कुन ठाउँमा पुर्‍याउँछ भन्न सकिँदैन। तर यो एक निश्चय छ कि जनता परिवर्तन चाहन्छन्। सत्तामा पुगेर नयाँ सत्तामा बसेर जसले राम्रो काम गर्न सकेनन् उनीहरूलाई जनताले सत्ताच्यूत गर्दछन्। शान्तिपूर्ण किसिमबाट सत्ताबाट निकाल्छन्। प्रजातन्त्रको सौर्न्दर्य नै त्यही हो। एशियामा परिवर्तनको जुन सुरुवात भएको छ, त्यो राम्रो छ। त्यसले राम्रो सड्ढेत दिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width