उम्मेदवारी चयनमा नेताहरुको सकस

सम्पादक
असाेज २५, २०७९

प्रतिनिधि सभा र प्रदेश सभाको मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारले मनोनयन गर्ने काम आइतबार सकिएको छ । राजनीतिक पार्टीहरुले आफूसँग मिल्ने पार्टीहरुसँग गठबन्धन गर्ने र तालमेल गरेर चुनाव लड्न खोज्दा उम्मेदवार चयनमा धेरै सकस भएको थियो । तिनीहरुले मनोनयन गर्ने दिनसम्म पनि उम्मेदवारको अन्तिम टुंगो लगाउने प्रयासमा व्यस्त रहनु परेको थियो । सत्तारुढ गठबन्धनबाट चुनावी तालमेलको प्रयास गरिरहेको जनता समाजवादी पार्टी सिटको बाँडफाँडमा कुरा नमिलेर पनि आखिरी समयमा सत्तारुढ गठबन्धनलाई छोडेर एमालेतिर तालमेल गर्न पुग्यो । एमाले र त्यसको तालमेल पनि भयो र त्यसले एमालेबाट केही सिट बढी पनि पायो । त्यो पार्टी एमालेतिर जान साथ लोकतान्त्रिक समाजवादी पार्टी सत्तारुढ गठबन्धनतिर नजिकिए । त्यसले कांग्रेससँग समझदारी गर्न भने सफल भएको छ ।

राजनीतिक पार्टीहरुले पार्टीगत रुपमा भागबण्डा गर्दा जुन सकस भोग्नु पर्‍यो, त्यस्तै सकस आफ्नो पार्टीका उम्मेदवारहरु छान्नमा पनि भोग्नुपर्‍यो । यस्तो समस्या त पहिले पहिले पनि आउने गर्दथ्यो भने यो पटक त्यो भन्दा बेग्लै र धेरै समस्या भोग्नुप¥यो । पार्टीका शीर्ष नेताहरुलाई आफ्नै पार्टीभित्रबाट चुनौती दिने नेताहरु धेरै देखा परे । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रविद्रोह हुने धम्कीको पनि सामना गर्नु पर्‍यो । संस्थापन पक्षले समानुपातिक उम्मेदवारहरुको गोप्य नाम निर्वाचन आयोगमा पेस गरिसकेको भए पनि त्यसलाई परिस्कृत गर्न बाध्य हुनुपर्‍यो । दोस्रो तहका नेताहरुले यस पटक आफ्नो सक्रियता धेरै देखाए । यस्तो सक्रियताले शीर्ष नेताहरुको मनमा चिसो लागेको हुन सक्छ । शीर्ष नेताहरु कोही पनि निर्विकल्प छैनन् भन्ने संकेत तिनीहरुले राम्ररी प्राप्त गरेको हुनु पर्दछ ।

पार्टीमा महिला सहभागिता बढ्दो छ । तर जति महिलाको संख्या बढ्दो छ, उति जनप्रतिनिधिका रुपमा उनीहरुको संख्या देखिँदैन । सामान्यतया ३३ प्रतिशत महिलाको कुरा आउँछ । तर माथिल्लो तहमा कहिले त्यो ३३ प्रतिशत देखिँदैन । यस पटक त महिलाले प्रत्यक्षतर्फको उम्मेदवार भएरै प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित हुने संकल्प गरे । प्रतिनिधि सभाले त्यो संकल्प प्रस्ताव पारित पनि ग¥यो । निर्वाचन आयोगले पनि प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सुझाव दिएको थियो । तर पार्टीहरुले ती कुनै पनि कुरालाई त्यत्ति वास्ता गरेनन् । तिनीहरुले महिला उम्मेदवार हार्छन् भन्ने मानसिकता लिइरहे । करिब ९ प्रतिशतमात्र महिला उम्मेदवार भएको आयोगले जनाएको छ । तिनीहरुमध्ये कति जनाले भोलि विजयको माला पहिरिएलान्, त्यो भोलि नै देखिएला । तर हार्छ र हा¥यो भन्दैमा त्यो संख्या भने घटाउनु उपयुक्त हुँदैन । नेताहरुको अन्य समस्या भए त्यो सार्वजनिक रुपमा राख्नु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width