उपलब्धिविनाको वर्ष

सम्पादक
फागुन ३, २०७५

१. प्रधानमन्त्री केपीओली नेतृत्वको सरकारले एक वर्ष पार गरेको छ। यो सरकार दुई तिहाई बहुमतको भएकाले सरकारलाई  एक वर्ष पार गर्न कुनै बाधा अड्चन आएन। त्यसरी विना बाधा अड्चन पार गर्न सक्नु नेपालको राजनीतिक इतिहासमा ठूलो कुरा हो त्यस हिसाबले यो सरकार सफल भएको मान्नु पर्दछ।

२. सरकारले एक वर्ष विताएकोले यो एक वर्षमा सरकारले के कस्तो काम गर्यो, सरकार सफल भयो कि असफल भयो, त्यसको समीक्षा हुनथालेको छ। सरकारले आफूले गरेको काम कुराको फेहरिस्त जनसमक्ष राखेको छ भने सरकार बाहिर पनि ती काम कुराहरूको मूल्यांकन गरिँदैछ।

३. सरकारको कामको पक्षमा बोल्दै आएका सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकारको प्रगति नदेखिएकोले दशैं तिहार पछि विकास र निर्माणका गति बढ्ने बताएका थिए। उनकै भाषामा भन्ने हो भने विकास निर्माणको काममा गेयर चेञ्ज हुने घोषणा गरेका थिए तर त्यसरी गेयर चेञ्ज भएर गति थपिएको कसैले महसुस गरेका छैनन्।

४. सत्तारुढ पार्टीका अर्का शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले रोष्ट्रमबाट नै सरकारको काम र कामगर्ने शैली प्रति असन्तुष्टि जाहेर गरेका थिए। त्यस्तै अर्का शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री झलनाथखनाल र नेता वामदेव गौतमले पनि सरकारले घोषणपत्र अनुसार काम नगरेकोमा आपत्ति जनाएका थिए। उनीहरूका अनुसार सरकारको काम उपलब्धिमूलक छैन।

५. सरकारको काम हेर्दा केही वितरणमुखी देखिएका छैनन्। देशको लागि आवश्यक उत्पादनको क्षेत्रमा ठोस काम गरेको देखिएन। आयात निर्यातको व्यापारमा व्यापार घाटा बढ्दो छ। देशको आर्थिक वृद्धि गर्ने कुरा धेरै भएको छ, तर व्यवहारमा त्यो पनि देखिएको छैन महङ्गी बढेको छ। कृषकले आफ्नो उत्पादनको सही मूल्य पाएको छैन।

६. सरकारले सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको जुन घोषणा गरेको थियो, त्यो अदालतले जेलमा राखेको रेशम चौधरीलाई जेल बाहिर ल्याएर शपथ ग्रहण गराएको नेपाल वायुसेवा निगमको वाइडवडी जहाज खरिद प्रकरणमा सरकारले चालेको कदमले धज्जी उडाएको छ। वाइडवडी जहाज छानविन प्रकृया कहाँ पुग्यो, त्यो सवैले सोध्ने प्रश्न भएकोछ। त्यस्तै साढे दुई किलो सुन प्रकरण, निर्मला पन्तको बलात्कार पछि भएको हत्या आदिले सरकार समक्ष सयौं औंला ठडएकाछन्।

७.     क्रिश्चियन धर्मप्रचारको लागि सरकारले जे जसरी सघाउ पुर्यायो त्यो पनि धेरै आलोचित रह्यो। डा. गोविन्द के.सीको माग उनको मात्र माग थिएन, तर त्यसलाई सरकारले निर्ममतापूर्वक कुल्चने प्रयास गर्यो तैपनि प्रधानमन्त्री ओलीले प्रत्येक दिन नया काम गर्ने उद्घोष गरेका छन्। पहिलो वर्ष सफल नभए पनि सरकारको दोश्रो वर्ष सफल होस् ,सरकारको सफलता देश र जनताको सफलता हो। सधैं असफल भएर रहने छुट कसैलाई हुँदैन। यो सरकार सफल बन्नैपर्छ। सरकारले चुनावको बेला प्रकाशित गरेको आफ्नो घोषणापत्र हेर्यो भने कामको मूल्यांकन त्यसैबाट प्रष्ट हुन्छ। पहिलो वर्ष जेजस्तो भएपनि दोश्रो वर्ष सफलहोस, यही हाम्रो कामना छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width