उद्योगी व्यवसायीको आन्दोलन स्थगित

सम्पादक
पौष १५, २०७९

उद्योगी व्यवसायीले लामो समयदेखि गर्दै आएको आनदोलन स्थगित भएको छ । उच्च ब्याजदर लगानीयोग्य पँुजी अभावजस्ता कारणले उद्योगी व्यवसायीको मनोबल खस्केको भन्दै त्यसको विरोधमा उनीहरुले सडक आन्दोलन गर्दै आएका थिए । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफू भर्खरै मन्त्रालयमा आएको भन्दै उद्योगी व्यवसायीको मागमा सहानुभूति प्रकट गर्दै आन्दोलन स्थगित गर्न आग्रह गरेमा उनको आग्रह मनन् गर्दै आन्दोलन स्थगित भएको छ । अर्थमन्त्री पौडेलको लागि त्यो ठूलो सहयोग भएको छ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले उद्योगी व्यवसायीको मागमा कुनै किसिमको वास्ता नगरेर उद्योगीहरुको काम सडकमा आएर तमासा गर्ने होइन, आ–आफ्नो उद्योग व्यवसायमा फर्की जाउ भन्ने आदेश दिएका थिए । उनको त्यस किसिमको व्यवहारबाट उद्योगी व्यवसायी क्रुद्ध भएका छन् ।

अर्थमन्त्री पौडेलले आन्दोलनकारी उद्योगी व्यवसायीलाई वार्ताका लागि आफैंले बोलाएका थिए । उनीसँग वार्ता गर्न विराटनगर, वीरगञ्ज, भैरहवा, काठमाडौं र नेपालगञ्जसम्मका जिल्ला, नगर र वस्तुसंघका प्रतिनिधि काठमाडौं पुगेका थिए । अर्थमन्त्रीले देशको अर्थतन्त्रमा संकट नआएको तथा लयमा फर्काउनु आवश्यक भएको बताएका थिए । अर्थतन्त्र लयमा फर्काएपछि सबै ठीक हुने आश्वासन दिएका थिए । देशको अर्थतन्त्रमा केही समयदेखि ह्रास आएको छ । व्यापार घाटा बढ्दै भएको छ । विदेशी मुद्राको संचित घट्दै गएको छ, राजस्वले खर्च धान्न सक्ने स्थिति उत्पन्न भएको छ । यस्तै विचौलियाको सक्रियता बढेको र अवैध धन्दा फष्टाउँदै गएको छ । यस्तो स्थितिमा उद्योग गरेर कमाएर खान्छौं भन्नेहरु सुकेर जानु स्वभाविक हो । अधिकांश उद्योगी व्यवसायीहरु चिन्तित छन् ।

पूर्व अर्थमन्त्री शर्माले बजेट निर्माण गर्ने बेलामा तेस्रो व्यक्तिलाई उपस्थित गरेर जे–जस्तो काम गरे, त्यो अवैधानिक हो र नियमविपरीत कुरा हो । तर, त्यो केसमा उनैले जिते । त्यसबेलादेखि अर्थतन्त्र खुल्लमखुल्ला विचौलियाको राज नै भयो । शुद्ध काम गरी खानेहरु पिल्सिदै गए भने विचौलिया मौलाउँदै गयो । त्यसबेला उनको राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीका बीच विवाद बढ्यो । २ महत्वपूर्ण व्यक्तिको विवादले पनि अर्थतन्त्रलाई ठूलो हानीनोक्सानी गरेको छ । विवादित अर्थमन्त्री भएका शर्माले पनि जिते भने गभर्नर अधिकारीले पनि जिते । निलम्बन पनि फुकुवा भयो र तिनीहरु आ–आफ्नो पदमा पनि फर्के । तर देशको सिंगो आर्थिक क्षेत्रले हा¥यो । आर्थिक क्षेत्रले क्रमशः ओरालो लाग्दै गएको सबैले देखेका छन् तर त्यसको उपचार कसैले गरेनन् । जसको परिणाम हामी कठिन अवस्थाबाट गुज्रनुपरेको छ । अहिले नयाँ अर्थमन्त्री आएका छन् । उनले यसको सही समाधान गर्नेमा सम्बद्ध पक्षहरु आशावादी छन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width