उदाहरणीय महिला प्रधानमन्त्री थ्याचर

सम्पादक
चैत्र २९, २०६९

१. हृदयघातका कारण सोमबार निधन भएका बेलायतका पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको हिजो राजकीय सम्मानका साथ अत्येष्टि गरियो। उनी लामो समयदेखि स्मरण शक्ति गुम्ने रोगबाट पीडित भएकीले केही समयदेखि कुनै सार्वजनिक समारोह आदिमा सहभागी भएकी थिइनन्।

२. महिलाहरू कमजोर हुन्छन्, उनीहरूले राजनीतिक पद सम्हाल्न सक्दैनन् भन्ने बेलामा उनी बेलायतको पहिलो प्रधानमन्त्री भइन्। उनको शासन कस्तो होला, के होला भनी बडो आलोचनात्मक किसिमले नियालिरहेकी उनले आफ्नो स्वभावत शासन सञ्चालन गरिन्। उनको शासन देखेपछि सञ्चार माध्यमदेखि सबैले उनलाई ‘आइरन लेडी’ भन्न थाले र पछि त्यही नामले उनी चर्चित भइन्।

३. उनी लगातार एघार वर्ष बेलायतको प्रधानमन्त्री बनिन्। आफ्नो शासन कालमा उनले ठूल्ठूला निर्ण गरेकी थिइन्। फकल्याण्डको युद्ध उनको जीवनको सर्वाधिक ठूलो प्रतिष्ठाको विषय बनेको थियो। फकल्याण्ड टापु बेलायत र अजेन्टिनाको विवादित स्थान थियो। त्यो टापुमा अधिकार जमाउन ती दुर्इ राष्ट्रबीच युद्ध भयो।

४. त्यो युद्धको क्रममा थ्याचरले आफ्नो देशमा रहेको गोर्खाली सेनालाई पठाइन्। गोर्खाली सेना युद्धमा सरिक भएपछि युद्ध बेलायतले जित्यो। अजेन्टिनाले हार्‍यो। तर नेपालमा त्यसले एउटा विवाद जन्मायो। नेपालको मित्र देशको विरुद्धमा गोर्खाली फौज पठाउन नहुनेमा उनले त्यहाँ यो फौज पठाएर नेपाललाई अप्ठ्यारो पारिन्।

५. बेलायतका लागि उनले त्यो युद्ध जितेर महान कार्य गरेकीले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिएको बताइएको छ। जानकारहरूले बताए अनुसार पहिलेका चर्चित पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिललाई दिइएको सम्मान उनलाई दिइएको छ। बेलायतको इतिहासमा दोस्रो विश्व युद्धपछिको त्यो महान विजय थियो।

६. मार्गरेट थ्याचर सन् १९७९ देखि १९९० सम्म बेलायतको प्रधानमन्त्री रहिन्। त्यसअघि उनी शिक्षामन्त्री थिइन्। उनले आफ्नो कन्जरभेटिभ पार्टीो नेतृत्व पनि सम्हालिन्। पार्टीकाई राम्रो र शक्तिशाली स्थानमा पनि पुर्‍याइन्। उनले गरेका ती कार्यहरूबाट उनी विश्वमा चर्चित भइन्।

७. एक जना महिलाले त्यसरी सफलता चुमे तापनि महिलाप्रति पुरुषको धारणामा परिवर्तन आएको छैन। फेरि उनी मात्र होइनन्, इजरायलमा प्रधामन्त्रीका रूपमा गोल्डमेयर, श्रीलंकामा श्रीमती बन्दरा नायके तथा भारतमा श्रीमती इन्दिरा गान्धीले उस्तै रिर्कर्ड राखेका छन्। ती सबै उदाहरणीय व्यक्ति हुन्। तैपनि पुरुषहरू त्यसमा पनि हाम्रो देशका पुरुषहरूको भावनामा खास परिवर्तन आएको छैन। पुरुषहरूले आफ्नो पुरातन सोचमा परिवर्तन ल्याउनुपर्दछ र आफू समान महिलालाई पनि स्थान र अवसर दिनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width